नारायणी डेभलपमेन्ट बैंकको हकप्रद र छ्याङ्दी हाइड्रोपावरको बोनस सूचीकृत

0
Shares

नारायणी डेभलपमेन्ट बैंक (NABBC) को हकप्रद र छ्याङ्दी हाइड्रोपावरको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार शेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद वापतको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर र छ्याङ्दी हाइड्रोपावरको चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने १ लाख ४१ हजार ७५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

नारायणी डेभलपमेन्ट बैंकले माघ १३ गते देखि फागुन ३ गतेसम्म हकप्रद शेयर निष्काशन गरेको थियो ।

बुधबार सूचीकृत भएको दुबै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।