मर्जर र प्राप्तिले बलियो बन्दै मिर्मिरे लघुवित्त, नाफामा उच्च सुधार

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको भन्दा झण्डै पाँच गुणा बढी खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चैत मसान्तसम्ममा १४ करोड ७५ लाख २ हजार खुद नाफा गरेको छ । जबकी गत आवको यसै अवधिमा उसको नाफा २ करोड ९९ लाख ३६ हजार मात्र थियो । स्वेडा, नागबेली लघुवित्त लगायतलाई गाभेपछि मिर्मिरेको प्रगति उच्च देखिएको हो। जसले श्रृजनशिल लघुवित्तलाई पनि एक्वायर गर्दैछ ।

कम्पनीले खराब कर्जा संकलन तथा खुद ब्याज आम्दानी बढाएर नाफा बढाएको हो। साथै अन्य सञ्चालन आम्दानी आएको सुधार र जोखिम व्यस्थापन खर्च नभएकाले लघुवित्तको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो।

यसवर्ष कम्पनीले १ अर्ब ८७ करोड ६७ लाख निक्षेप संकलन गरेर ६ अर्ब ५० करोड ४७ लाख कर्जा प्रवाह गरेको छ । जसले अन्य संस्थाहरुबाट ४ अर्ब २२ करोड ९ लाख कर्जा सापटी लिएको छ । कम्पनीको निक्षेप संकलन गत वर्षभन्दा यस वर्ष ९६ प्रतिशत र कर्जा प्रवाह १५९ प्रतिशत बढी हो ।

हाल कम्पनीको चुक्तापूँजी ३९ करोड ८९ लाख २६ हजार रहेको छ भने जगेडा कोषमा २५ करोड ६२ लाख ८२ हजार छ । कम्पनीको प्रतिशेयर आम्दानी ४९.३४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६४.२९ रुपैयाँ छ । लघुवित्तको निष्क्रिय कर्जा भने १.९५ प्रतिशतबाट बढेर २.२६ प्रतिशत पुगेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।