नेपाल बैंकको नाफा २ अर्ब २६ करोड, अन्य सूचाङ्क कस्ता ?

0
Shares

नेपाल बैंक लिमिटेड (NBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १ अर्ब ९९ करोड ६५ लाख खुद नाफा कमाएको बैंकले १३.३१ प्रतिशतले नाफा बढाएको हो ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ छ ।

चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ रहेको बैंकको १२ प्रतिशतले पूँजी बढेपछि प्रतिशेयर आम्दानी ३.२६ रुपैयाँ घटेर २३.८७ रुपैयाँमा संकुचित भएको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ४ अर्ब ७१ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी र ३ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.७५, सञ्चालन नाफा २९.७६, निक्षेप ७.१२ र कर्जा लगानी २३.८४ प्रतिशत बढेको छ । बैंकको जगेडा कोष १६ अर्ब ८४ करोड ५ लाख र शेयरधनी कोषमा ४ अर्ब २३ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १३.६७, खराब कर्जा अनुपात २.२९, कोषको लागत ३.४२, कर्जा निक्षेप अनुपात ७५.५५, आधारदर ५.९८, स्प्रेडदर ४.४८ प्रतिशत, प्रतिशेयर नेटवर्थ २७०.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.२३ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।