बजार घटेको मौकामा लगानी बढाउने प्रतिस्पर्धाले नेप्सेमा उच्च सुधार

0
Shares

गत सातादेखि निरन्तर घटेको बजार उच्च अंक भन्दा झण्डै २३० अंक तल झरेको अवस्थालाई लगानीकर्ताले सदुपयोग गर्दा शेयर बजारमा हरियाली छाएको छ । पछिल्लो दुई दिनमै १४० अंक बढीले झरेको बजार मंगलबार ९२ अंकले बढेको हो।

मंगलबार नेप्से परिसूचक ९२.४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेको छ । कारोबारमा आएका सबै समूहका सूचकहरु बढेपछि नेप्सेमा हरियाली छाएको हो ।

लकडाउन हौवा पिटेर घटाइएको बजारमा ठूला लगानीकर्ताहरुले लगानी बढाउँदा बजार बाउन्स ब्याक भएको हो । बजार बढ्न थालेपछि शेयर बिक्रीको घट्दा कारोबार रकममा भने कमी आएको छ । यसदिन कूल २१६ कम्पनीको १ करोड २ लाख २ हजार २१२९ कित्ता शेयर ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९ सय ५७ रुपैयाँको शेयर कारोबार भयो । आइतबार ७ अर्ब बढी तथा सोमबार साढे ६ अर्ब बढीको कारोबार भएको थियो ।

बजारले लय समात्दा माथिल्लो तामाकोशी, विशाल बजार कम्पनी, महिला लघुवित्त वित्तीय संस्था तथा युनाइटेड इन्स्यारेन्स लगायतका एक दर्ज कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । यसदिन ऋणपत्रहरुको मूल्य भने घटेको छ ।

माथिल्लो तामाकोशी हाइड्रोपावरले सर्वाधिक कारोबार २३ करोड ८२ लाख बराबरको कारोबार भयो। नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुनर्बीमा कम्पनी, छिमेक लघुवित्त, अपि पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, हिमालयन डिस्टिलरी लगायतका कम्पनीको धेरै कारोबार भयो।

Top Gainers

Symbol LTP % Change
 
UPPER 847.00 10.00
BBC 4,215.00 9.99
MLBSL 2,583.00 9.96
UIC 711.00 9.89
SMFDB 1,553.00 9.75
MPFL 216.00 9.64
GILB 2,650.00 9.50
AHPC 270.00 9.31
CHL 294.00 9.29
USLB 2,400.00 9.09
UMRH 290.00 9.02
RRHP 370.00 8.82
UMHL 213.00 8.67
SJCL 430.00 8.59
API 361.00 8.41
HURJA 374.00 8.41
EICPO 378.00 8.00

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।