नबिल बैंकले ९ महिनामा कमायो ३.६७ अर्ब नाफा, वितरणयोग्य अझै बढी

0
Shares

नबिल बैंक लिमिटेड (NABIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार खुद नाफा कमाएको बैंकको नाफा १६.५० प्रतिशतले बढेको हो ।

बैंकको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी घटेपनि अन्य आम्दानीका शीर्षकबाट हुने आय बढेपछि नाफा बढेको हो ।

बैंकको वितरणयोग्य नाफा खुद नाफाभन्दा धेरै रहेको छ । गत आवको यसै अवधिको तुलनामा बैंकको वितरणयोग्य नाफा ८१.४८ प्रतिशतले बढेको छ ।

गत आवको यसै अवधिमा २ अर्ब ९ करोड ५२ लाख ८४ रहेकोमा बढेर ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रुपैयाँ रहेको बैंकको ३३.५० प्रतिशतले पूँजी बढेपछि प्रतिशेयर आम्दानी भने घटेको छ । बैंकको प्रतिशेयर आम्दानी ९.३४ रुपैयाँ घटेर ३६.४० रुपैयाँमा पुगेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ खर्ब ८ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८६ अर्ब १९ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ५ अर्ब ९ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ५ अर्ब ९ करोड ६९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी गत आवको यसै अवधिको तुलनामा ५.०९ प्रतिशतले घटेपनि सञ्चालन नाफा भने १६.३७ प्रतिशतले बढेको छ । बैंकको आधार ब्याजदर १.६४, खराब कर्जा ०.१५, कोषको लागत १.८७ प्रतिशतले घटेको छ ।

यस अवधिमा बैंकले निक्षेप संकलन ९.१९, कर्जा लगानी २५.७६ प्रतिशतले बढाएको छ भने बैंकको जगेडा कोष ११ प्रतिशत बढेर १७ अर्ब ५२ करोड ६८ लाख र शेयरधनी कोषमा ३ अर्ब ६८ करोड ५२ हजार रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १२.२८, खराब कर्जा अनुपात ०.४८, कोषको लागत ४.६८, कर्जा निक्षेप अनुपात ८०.८०, आधारदर ६.१८, स्प्रेडदर ३.२० प्रतिशत, प्रतिशेयर नेटवर्थ २३०.०२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.९१ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।