प्राइम बैंकको नाफा ३८% बढ्यो, ९ महिनामा पौने ३ अर्ब खुद नाफा आर्जन

0
Shares

प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ८१ करोड ७६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा २ अर्ब ३ करोड ६ लाख ७५ हजार खुद नाफा कमाएको बैंकको ३८.७६ प्रतिशतले नाफा बढेको हो ।

बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा २४३ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा ६४ करोड १२ लाख १३ हजार रुपैयाँ रहेकोमा बढेर २ अर्ब २० करोड ४ लाख ५१ हजार रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी १६ अर्ब ६ करोड ३० लाख ३६ हजार रुपैयाँ रहेको बैंकको १५ प्रतिशतले पूँजी बढेपनि प्रतिशेयर आम्दानी ४ रुपैयाँ छ । बैंकले पूँजीवृद्धिको तुलनामा नाफा बढाएपछि प्रतिशेयर आम्दानी पनि बढेको हो । बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ बढेर २२.३६ रुपैयाँमा पुगेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ४० अर्ब ५२ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब ८५ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ४ अर्ब ४० करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ४ अर्ब ३ करोड ३९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.८९, सञ्चालन नाफा ३९.२८, निक्षेप १७.६५, कर्जा लगानी १६.६८ प्रतिशतले बढेको छ भने आधार ब्याजदर २.७१, कोषको लागत २.५३ प्रतिशतले घटेको छ । बैंकको जगेडा कोष ५ अर्ब ६ करोड ३७ लाख र शेयरधनी कोषमा २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १४.०७, खराब कर्जा अनुपात ०.८६, कोषको लागत ५.५०, कर्जा निक्षेप अनुपात ८२.३१, आधारदर ७.१४, स्प्रेडदर ४.३८ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४५.८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.३१ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।