सेञ्चुरी बैंकको प्रगति खस्कियो, खुद नाफा ३६ करोडभन्दा कम

0
Shares

वणिज्य बैंकमध्ये कान्छो बैंक सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ९१ करोड ५७ लाख ७९ हजार खुद नाफा कमाएको बैंकको ६०.८९ प्रतिशतले नाफा घटेको हो ।

बैंकको वितरणयोग्य नाफा भने गत आवको यसै अवधिको तुलनामा ६६ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा १३ करोड ४१ लाख १५ हजार रुपैयाँ रहेकोमा बढेर २२ करोड २९ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख ३० हजार रुपैयाँ रहेको बैंकको ७.३६ प्रतिशतले पूँजी बढ्दा प्रतिशेयर आम्दानी ९.२२ रुपैयाँ घटेको छ । बैंकको प्रतिशेयर आम्दानी ५.२९ रुपैयाँ छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ८६ अर्ब ९८ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ६६ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ४२ करोड २९ लाख ४३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.८२ र सञ्चालन नाफा ६२.७४ प्रतिशतले घटेको छ । बैंकको निक्षेप संकलन ३३.१८, कर्जा लगानी २६.६८ प्रतिशतले बढेको छ ।

बैंकको आधार ब्याजदर २.५०, कोषको लागत २.०९ प्रतिशतले घटेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ३८ करोड ४२ लाख र शेयरधनी कोषमा २२ करोड ४९ लाख ९२ हजार रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १२.३३, खराब कर्जा अनुपात २.९६, कोषको लागत ५.७२, कर्जा निक्षेप अनुपात ७६.२५, आधारदर ७.७७, स्प्रेडदर ३.६० प्रतिशत, प्रतिशेयर नेटवर्थ ११७.८१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८.६२ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।