बैंकहरुले नाफाका लागि गैर बैंकिङ क्रियाकलाप विस्तार गर्दा जोखिम बढ्दै

0
Shares

वाणिज्य बैंकहरुले कोर बैंकिङ भन्दा बाहिरका गतिविधि बढाएका छन् । बैंकहरुले नियमित बैंकिङ व्यावसायबाट हुने आम्दानी घट्ने भएपछि नाफा बढाउन गैर बैंकिङ गतिविधि बढाएका हुन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको नाफा १२ प्रतिशत भन्दा धेरैले बढेको छ । यो अवधिमा बैंकहरुको आम्दानीको मूख्य स्रोत ब्याज आम्दानी घटेको छ । बैंकहरुको यो नाफा वृद्धि विगतको बार्षिक दरको हाराहारीमा रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरुको खुद नाफा २० प्रतिशतले बढाएका थिए । गत वर्षको चैतसम्ममा अघिल्लो आवको चैतको तुलनामा करिब एक प्रतिशतले नाफा घटेको थियो ।

चालु आवमा बैंकहरुले कोरोनाका कारण प्रभावित उद्योग व्यवसायीलाई ब्याज छुट देखि कर्जाको पुनसंरचना र पुनरतालिकीकरण गरेको अवस्था छ । त्यसका साथै खराब कर्जामा वर्गिकरण गर्ने तथा कर्जा असुलिमा समेत लचक हुन राष्ट्र बैंकले निर्देशन दिएको छ । जुन हाल पनि कायम नै रहेको छ । यस्तो अवस्थामा पनि बैंकहरुले नाफाका लागि गरेको दौडले भने वित्तीय प्रणालीमा थप जोखिम बढाएको अनुमान गर्न सकिन्छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकहरुले ५० अर्ब ७४ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको यो नाफा गत आर्थिक वर्षको चैतमसान्तसम्मको तुलनामा १२.१४ प्रतिशतले धेरै हो । गत आवको चैतसम्ममा बैंकहरुले ४५ अर्ब २४ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवमा वित्तीय प्रणालीको ब्याजदर घटेको छ । त्यसका साथै नेपाल राष्ट्र बैंकले गत असारदेखि कर्जा र निक्षेप बिचको ब्याजदर अन्तर ४.४ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरेपछि ब्याज आम्दानीमा झनै असर गरेको छ । तर, बैंकहरुको नाफाको वृद्धि ठिक विपरीत छ । कोर बैंकिङ क्षेत्रबाट हुने आम्दानी कोरोनाका कारण संगै नेपाल राष्ट्र बैैंकको नीतिका कारण घट्न पुगेको छ । तर, चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकहरुको ब्याज आम्दानी घटेको भएपनि खुद नाफा बढेको छ । त्यसका साथै बैंकहरुले यो अवधिमा उच्च दरमा पुरानो प्रोभिजनिङलाई राइट ब्याक गरेको हुनाले पनि नाफा बढेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए ।

        2077 chaitra    
 Bank        (Rs 000) Loan Net Intrest Income Net Fee And Comission Trading Income Other Income Net profit
NIC Asia 259,208,670 6,584,392 1,274,153 219,997 160,002 3,004,816
Global IME 233,111,974 6,870,212 1,232,741 466,740 397,315 3,578,270
Nabil 194,498,167 5,096,962 1,208,332 452,058 1,055,068 3,679,869
Rastriya Banijya Bank 179,179,510 6,345,925 656,564 122,640 399,955 3,270,086
Nepal Investment 160,982,035 4,295,185 765,442 537,537 599,011 2,847,132
Siddhartha 158,410,253 3,933,116 814,692 598,080 543,473 2,065,239
NMB 153,578,651 4,309,018 911,477 253,607 195,608 2,073,061
Agricultural Dev 146,573,257 4,428,607 1,143,326 652,361 269,842 2,516,486
Prabhu 142,397,610 3,835,366 817,529 518,792 221,473 2,109,605
Mega 137,719,677 4,088,218 494,769 208,896 338,124 1,972,756
Kumari 134,734,347 3,827,218 584,845 295,187 318,852 1,808,484
Prime 133,884,117 4,406,421 1,035,705 217,125 178,584 2,817,676
Nepal Bank 133,090,259 4,714,068 592,650 320,670 372,103 2,262,277
Everest 127,690,234 2,814,346 575,517 251,386 109,016 1,507,445
Himalayan 127,142,044 2,710,972 497,560 451,301 72,542 1,287,157
Sanima 117,431,321 3,272,017 663,604 319,834 45,917 1,856,169
Machhapuchchre 116,439,642 3,163,190 828,808 188,690 75,022 1,290,613
Citizens 112,687,601 2,540,821 558,287 356,542 116,919 1,545,341
Laxmi 106,184,566 2,355,895 635,065 250,071 404,354 1,288,084
Nepal SBI 102,849,085 1,957,813 724,768 258,488 17,138 878,646
Bank of Kathmandu 96,207,652 2,352,673 428,289 219,615 94,429 1,169,343
Sunrise 95,704,116 2,570,176 769,919 208,196 65,928 1,130,042
NCC Bank  92,347,671 2,158,917 487,685 162,941 378,988 1,101,180
Civil 81,198,307 1,540,385 287,975 168,922 87,187 502,554
Century 75,895,895 1,917,907 315,229 130,770 37,115 358,150
Nepal Bangladesh 69,925,088 1,983,597 842,330 265,147 192,441 1,638,410
Standard Chartered 65,478,979 1,832,750 491,985 408,295 155,337 1,183,620
Total 3,554,550,728 95,906,167 19,639,246 8,503,888 6,901,743 50,742,511

 

चालु आर्थिक वर्ष कोरोनाका कारण बैंकहरुलाई बैंकिङ व्यवसाय विस्तारका लागि चुनौतिपुर्ण रह्यो । बैंकहरुमा निक्षेप मात्रै थुप्रिएर अधिक तरलताको समस्या समेत देखा पर्यो । तरपनि बैंकहरुले विगतका आर्थिक वर्षहरुको तुलनामा धेरै कर्जा प्रबाह गरेको दाहालको भनाई छ । चालु आवको चैसम्ममा बैंकहरुले ६९४ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रबाह गरेका छन् । “गत विगतका वर्षहरुमा बैंकहरुले ४ देखि ५ खर्ब कर्जा प्रबाह गर्थे,” उनले भने,“चालु आवको चैतसम्मको अवधिमा प्रबाह भएको कर्जा विगतका वर्षहरुसंग तुलनामा गर्दा पनि धेरै हो ।”

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकहरुको ब्याज आम्दानी करिब ६० अर्ब रुपैयाँले घटेको छ । त्यसैगरी ब्याज खर्च पनि करिब ३८ अर्बले घटेको छ । चालु आवको चैतसम्ममा बैंकहरुको खुद ब्याज आम्दानी २ अर्ब १७ करोड रुपैयाँले घटेको छ । यो अवधिमा सञ्चालनमा रहेका १८ बैंकहरुको ब्याज आम्दानी नै घटेको छ । त्यसैगरी १८ बैंकको ब्याज खर्च पनि घटेको छ ।

तर, चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकहरुको अन्य क्षेत्रको आम्दानी उच्च दरमा बढेको छ । यो अवधिमा बैंकहरुका आम्दानीका शिर्षकहरुमा फि एण्ड कमिसन १०.५८, टे«डिङ १५.८८ र अन्य १०६.९२ प्रतिशतले वढेका छन् । बैंकहरुको यो क्षेत्रको आम्दानी सेवा शुल्क, टे«जरीको लगानी तथा शेयर कारोबार मार्फत हुने आम्दानी हो ।

      2076 chaitra      
 Bank   (Rs 000) Loan Net Intrest Income Net Fee And Comission Trading Income Other Income Net profit
NIC Asia 175,438,344 5,522,594 1,845,007 285,291 309,250 2,502,498
Global IME 201,636,697 6,003,352 1,001,206 392,822 126,182 2,702,615
Nabil 155,557,811 5,370,512 1,007,882 338,068 351,316 3,158,685
Rastriya Banijya Bank 152,964,154 6,972,181 447,649 42,470 500,736 3,036,293
Nepal Investment 143,162,811 4,535,952 868,420 689,734 211,992 2,495,528
Siddhartha 128,276,033 4,185,448 679,907 372,959 160,012 1,339,983
NMB 120,657,170 4,295,777 660,499 317,150 198,169 1,883,283
Agricultural Dev 123,168,425 4,361,864 1,294,774 296,233 24,954 2,040,024
Prabhu 102,972,587 3,597,758 575,460 314,172 186,315 1,464,163
Mega 82,419,436 3,183,389 391,403 211,518 109,218 1,451,090
Kumari 92,756,722 2,752,684 407,153 235,126 75,460 1,012,714
Prime 115,739,627 3,340,858 682,171 193,454 51,257 2,030,675
Nepal Bank 105,839,814 4,218,247 505,267 314,230 200,831 1,996,583
Everest 120,373,993 4,346,365 799,980 194,010 95,857 2,352,655
Himalayan 110,964,573 3,842,464 522,322 508,568 94,381 2,317,114
Sanima 94,986,304 3,242,763 542,333 331,857 61,392 1,618,722
Machhapuchchre 94,736,780 3,038,910 729,486 184,313 71,770 1,166,856
Citizens 76,449,425 2,244,813 406,882 226,856 48,018 1,091,245
Laxmi 92,932,283 2,610,496 545,829 216,934 96,593 1,089,978
Nepal SBI 100,228,491 3,139,893 623,012 214,276 25,568 1,438,211
Bank of Kathmandu 82,432,269 2,878,780 383,562 252,122 46,318 873,493
Sunrise   2,994,392 711,053 171,702 58,175 935,283
NCC Bank  68,734,116 2,506,270 389,208 127,023 41,338 1,165,889
Civil 52,759,211 1,708,980 201,534 137,903 46,852 360,535
Century 60,017,462 2,251,585 204,449 148,230 19,695 915,778
Nepal Bangladesh 61,900,618 2,141,053 758,241 144,180 31,316 1,005,010
Standard Chartered 60,165,626 2,794,771 574,540 477,022 92,450 1,802,594
Total 2,777,270,782 98,082,151 17,759,229 7,338,223 3,335,415 45,247,497

 

“चालु आवको चैतसम्ममा बैंकहरुको प्रोभिजनिङ मार्फत मात्र करिब ५ अर्ब राइट ब्याक भएको छ,” दाहालले भने,“यसले गर्दा पनि नाफा वढेको हो ।” चैतसम्ममा बैंकहरुले गरेको लगानीकै आधारमा पनि ६ अर्ब ६८ करोड प्रोभिजनिङ गर्नु पर्ने अवस्था रहेकोमा राइटब्याक धेरै भएको हुनाले करिब एक अर्ब २१ करोडमा सिमित रहेको उनले बताए ।  

बैंकहरुको नाफा १२ प्रतिशतले बढ्नका लागि रिकभरी र गैर बैंकिङ क्रियाकलापबाट भएको आम्दानीको योगदान उच्च रहेको उनी बताउछन् । “बैंकहरुले कोर बैंकिङ भन्दा बाहिर गएर आम्दानी बढाउन खोज्दा जोखिम पनि संगसंगै बढ्ने हुन्छ,” उनले भने ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकहरुले ९५ अर्ब ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । गत आवको सोही अवधिमा बैंकहरुले ९८ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।

त्यसैगरी बैंकहरुले चालु आवको तेस्रो त्रैमाससम्ममा १९ अर्ब ६३ करोड रुपैयाँ फि तथा कसिमन मार्फत आम्दानी गरेका छन् । गत आवको सोही अवधिमा बैंकहरुले उक्त शिर्षकमा १७ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेका थिए ।

चालु आवको चैतसम्ममा बैंकहरुले ८ अर्ब ५० करोड रुपैयाँ ट्रेडिङ इनकम गरेका थियो । तर, गत आवको सोही अवधिमा बैंकहरुले टे«डिङ इनकम ७ अर्ब ३३ करोड रुपैयाँ मात्र गरेका थिए ।

चालु आवमा बैंकहरुले शेयरमा लगानी गरेर अन्य आम्दानी शतप्रतिशत भन्दा धेरैले बर्ढाका छन् । गत आवको चैतसम्ममा ३ अर्ब ३३ करोड ५४ लाख रुपैयाँ अन्य आम्दानी गरेका बैंकहरुले चालु आवको सोही अवधिमा ६ अर्ब ९० करोड रुपैयाँ कमाएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।