वाणिज्य बैंकहरुको औसत प्रतिफल १३.८१ प्रतिशत, एनआईसी एशिया अंग्रपक्तिमा

0
Shares

चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म वाणिज्य बैंकहरुको औसत प्रतिफलदर १३.८१ प्रतिशत रहेको छ । तेस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा ५ बैंक बाहेक सबै बैंकको प्रतिफलदर दोहोरो अंकमा देखिन्छ भने १३ बैंकको प्रतिफलदर औसत भन्दा उच्च रहेको छ ।

वाणिज्य बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणहरुको आधारमा लगानीकर्तालाई उच्च प्रतिफल दिने बैंकहरुको सूचीमा एनआईसी एशिया पहिलो नम्बरमा देखा परेको छ । एनआइसी एशियाले लगानीकर्तालाई २३.२६ प्रतिशत प्रतिफल दिएको छ । दोस्रो नम्बरमा रहेको सानिमाको १९.७३ प्रतिशत छ । सबैभन्दा कम सेन्चुरी बैंकको प्रतिफलदर ४.६४ प्रतिशत मात्र छ ।

तेस्रो त्रैमासिक अवधिसम्ममा ११ वाणिज्य बैंकको प्रतिफलदर १५ प्रतिशतभन्दा माथि छ । समग्र बैंकिङ्ग क्षेत्रको औसत प्रतिफलदर १३.८१ प्रतिशत रहेकोमा १४ वाणिज्य बैंकको औसत भन्दा कम रहेको छ । २३ वाणिज्य बैंकहरुको प्रतिफल दोहोरो अंकमा रहदा ५ बैंकको प्रतिफलदर एकल अंकमा मात्र रहेको छ ।

उच्चप्रतिफल दिने बैंकमा एनआइसी एशिया, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, प्राइम बैंक, नबिल बैंक, ग्लोबल आइएमइ, एनबी (नेपाल बंगलादेश) बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, माछापुछ्रे बैंक रहेका छन् । यी बैंकहरुको प्रतिफलदर १५ प्रतिशतदेखि २३ प्रतिशतसम्म छ । न्यून प्रतिफलदर रहेका पाँच बैंकमा सेञ्चुरी बैंक, सिभिल बैंक, नेपाल एसबीआई बैंक, नेपाल बैंक र कृषि विकास बैंक रहेका छन् । यी बैंकहरुको प्रतिफलदर १० प्रतिशत भन्दा कम छ ।

चैत मसान्तसम्मको वित्तीय विवरणको आधारमा ब्लु चिप मानिएका पुराना बैंकहरु भन्दा नयाँ बैंकहरु अगाडि आएका छन् । रिटर्न अन इक्विटी अर्थात् लगानीकर्ताले पाउने प्रतिफल कुल आयमा शेयरधनीको स्वपूँजी लगानीले भाग गरेर निकालिन्छ । शेयरधनीको स्वपूँजी लगानी कम्पनीको सम्पत्तिमा यसको दायित्व कटाएर निकालिन्छ रिटर्न अन इक्विटी उच्च हुनुले उक्त कम्पनीको नाफा गर्ने क्षमता (प्रोफिट्याबिलिटी) उच्च रहेको जनाउँछ ।

 Bank           Networth          Profit      ROE     Rank     CAR    Branches 
Nic Asia         20,231,878         3,004,816 23.26% 1 11.44% 255
 Sanima          14,396,899         1,856,169 19.73% 2 13.99% 86
Rastriya Banijya         26,815,642         3,270,086 18.52% 3 12.88% 242
Prabhu         17,345,188         2,109,605 18.46% 4 11.53% 213
Prime         23,461,237         2,817,676 18.20% 5 14.07% 191
Nabil         31,006,989         3,679,869 17.95% 6 12.28% 119
Global IME         32,214,934         3,578,270 16.66% 7 13.22% 272
Nepal Bangladesh         14,899,605         1,638,410 16.47% 8 13.77% 99
NMB         23,725,142         2,516,486 15.82% 9 13.28% 180
Siddhartha         19,939,522         2,065,239 15.41% 10 13.37% 189
Machhapuchchre         12,614,904         1,290,613 15.20% 11 11.75% 160
Mega         19,909,754         1,972,756 14.66% 12 12.22% 185
Kumari         18,803,535         1,808,484 14.19% 13 13.98% 192
Nepal Investment         30,355,280         2,847,132 13.80% 14 14.78% 86
Citizens         17,128,101         1,545,341 13.22% 15 13.86% 167
Laxmi         16,259,900         1,288,084 11.47% 16 11.72% 127
Sunrise         14,456,552         1,130,042 11.31% 17 13.91% 139
NCC Bank         14,262,266         1,101,180 11.16% 18 13.78% 128
Standard Chartered         16,025,862         1,183,620 10.63% 19 17.86% 12
BOKL          15,979,441         1,169,343 10.53% 20 13.88% 90
Everest         21,004,465         1,507,445 10.31% 21 12.82% 100
Himalayan         18,357,041         1,287,157 10.05% 22 13.19% 70
Agricultural Dev         30,565,572         2,073,061 9.70% 23 21.10% 276
Nepal Bank         34,147,630         2,262,277 9.46% 24 13.67% 212
Nepal SBI         15,315,149            878,646 8.12% 25 14.15% 103
Civil         10,664,718            502,554 6.59% 26 11.43% 114
Century         10,643,649            358,150 4.64% 27 12.33% 122
Total      540,530,855

      50,742,510

13.81%     4129

 

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको पूँजी पर्याप्तता अनुपात ११ प्रतिशत हनुपर्छ । पूँजी प्रयाप्तताका हिसाबले कृषि विकास बैंक सबैभन्दा बिलयो देखिएको छ । जसको यस्तो अनुपात २१.१० प्रतिशत छ । त्यसपछि स्ट्याण्डर्ड चाटर्ड बैंकको १७.८६ प्रतिशत छ ।

सबैभन्दा कम एनआइसि एशियाको ११.४४ प्रतिशत मात्र पूँजी पर्याप्तता रहेको छ । प्रभु, माछापुच्छ्रे, लक्ष्मी र सिभिलको पनि १२ प्रतिशत भन्दा कम छ । सामान्यतया उच्च प्रतिफल हुने बैंकहरुको पूँजी पर्याप्तता कम रहेको छ ।धेरै पुँजी पर्याप्तता अनुपात कायम गर्ने स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको प्रतिफलदर सोही कारण पनि केही कम भएको देखिन्छ । पूँँजी पर्याप्तता माथि हुँदा पूँजी उपयोगविहीन रहेका कारण पनि प्रतिफल कमजोर रहेको हो।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूमा व्यवसाय विस्तारको हिसाबले कृषि विकास बैंक अगाडि देखिन्छ । जसको २७६ वटा शाखा संञ्जाल रहेका छन् । दोस्रोमा ग्लोबल आइइमईको शाखा २७२, एनआइसी एशियाको २५५, राष्ट्रिय वाणिज्य बैंकको २४२, प्रभुको २१३ तथा नेपाल बैंकको २१२ शाखा संचालनमा रहेका छन् । सबैभन्दा कम शाखा हुने स्ट्याण्डर्ड चाटर्डको १२ शाखा मात्र रहेका छन् । त्यपछिको कम शाखा हुने हिमालयन बैंकको ७० शाखा मात्र रहेको छन् । नेपाल बंगलादेश बैंक, इन्भेष्टमेन्ट बैंकका शाखा पनि सय भन्दा कम रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।