निषेधाज्ञामा दिइने बैंकिङ सेवा सम्बन्धि जानकारी दैनिक रुपमा प्रदान गर्नुपर्ने

0
Shares

बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्धारा बैंकिङ सेवा प्रदान गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारी मार्फत सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

कोरोनाको दोसो लहर तिब्र रुपमा फैलिएपछि सरकारले देशका मुख्य शहरहरुमा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको समयमा पनि बैंकिङ सेवालाई अत्यावश्यकीय भएकाले सेवा प्रबाहलाई निरन्तरता दिनु पर्ने भएकाले कर्मचारीको उपस्थिती थोरै भन्दा थोरैमा सेवा प्रदान गर्न केन्द्रीय बैंकले बैंक, विकास बैंक, फाइनान्स तथा माइक्रोफाइनान्स कम्पनीलाई निर्देशन दिएको छ ।

निर्देशन अनुसार अनावश्यक कर्मचारकिो उपस्थिती रोक्नका लागि सूचना प्रविधिको प्रयोग बढाउन र भौत्तिक सेवालाई न्यूनीकरण गर्न भनेको छ । कर्मचारीहरुलाई पनि सक्दो वर्क फ्रम होम तथा रिमोर्ट एक्सेसबाट काम गर्न जोड दिन समेत बैंक वित्तीय संस्थालाइ निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थालाई नजिकै रहेका शाखाहरुको हकमा थोरै भन्दा थोरै शाखा सञ्चालनमा ल्याई बैकल्पिक शाखाबाट आलोपालो सेवा प्रदान गर्न समेत केन्द्रीय बैंकले भनेको छ । बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेवसाइट तथा सामाजिक सञ्जालमा सेवा सम्बन्धि सोधपुछका लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, खुल्ने बैकल्पिक शाखा तथा समयावधि सम्बन्धि सूचना दैनिकरुपमा प्रकाशन गर्नु पर्नेछ ।

कोरोना संक्रमण जोखिमलाई ध्यान दिदै सेवाग्राहीलाई सम्भव भएसम्म ‘फेस टु फेस’ बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न केन्द्रीय बैंकले अनुरोध गरेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।