इक्यान झापाद्वारा विपद् राहत कोषमा १० लाख प्रदान


झापा । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) झापाले रसुवा बाढी प्रभावितको राहतका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

इक्यान झापाको सामाजिक उत्तरदायित्व (सीएसआर) समितिको पहलमा सदस्य तथा पदाधिकारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

सङ्कलित रकमको चेक कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्कालाई संयुक्त रूपमा हस्तान्तरण गरिएको संस्थाका उपाध्यक्ष अशोक भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार  १३ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।