हेर्नुहोस् बिहीबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । जुन बुधबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ कायम भएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १७८.८३ अमेरिकी डलर र चाँदी ६१.१९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।