ग्राहकलाई सुरक्षित गराउँदै बैंकिङ्ग सेवा प्रदान गर्न चुनौति : विकास बैंक एशोसिएसन

0
Shares

बिकास बैंक एशोसिएसन नेपालले कोरोना भाइरसले उब्जाएको यस विषम परिस्थितिले आफु सुरक्षित हुंदै र ग्राहकहरुलाई पनि सुरक्षित गराउदै बैंकिङ् सेवा प्रदान गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई चुनौंति थपिएको जनाएको छ ।

साथै एशोसिएसनले कोरोना भाइरसबाट जोगिन स्वनियन्त्रित उपायहरुका साथै थप व्यवस्था मिलाउन आफ्ना सदस्य बैंकहरुलाई अनुरोध गरेको छ ।

एशोसिएसनले ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र संभव भएसम्मका अझ थप उपायहरु अवलम्वन प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क फर्म होम को माध्यमबाट कार्य गर्ने गराउन भनेको छ ।

यस्तै सूचना प्रबिधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने, ग्राहकहरुले सम्पर्क व्यक्तिहरु मार्फत गरेका अनुरोध र सुझाबलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रहेर हल गर्ने व्यवस्था मिलाउन भनेको छ ।

साथै संभव भएसम्म डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार गर्न आ—ग्राहकहरुलाई उपलब्ध र संभव भएसम्मका संचार माध्यमबाट अनुरोध गर्ने, आ—आफ्ना ग्राहकहरुलाई परिस्थिति केहि सहज नभए सम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्न निर्देशन दिएको छ ।

यस्तै नेपाल राष्ट्र बैंक, सम्बन्धित जिल्ला प्रशासन /नेपाल सरकारले दिएको निर्देशन पूर्णतया अनुपालना गर्न भनेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।