सुनको मूल्य बढ्दा चाँदीमा गिरावट


काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० र चाँदीको मूल्य ३ हजार ९७० रुपैयाँ कायम छ ।

सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य ३ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।
नेपालमा अन्तराष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८३, मंगलबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।