डेढ खर्बको शेयर कारोबार हुँदा नागरिक स्टक डिलरको ३० करोड मात्रै


शेयर बजारमा हुने उतार चढावलाई न्युनीकरण गर्नका लागि संस्थागत लगानीकर्ताका रुपमा नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको नागरिक स्टक डिलरको बजार उपस्थिती नगन्य देखिएको छ ।

पछिल्ला ६ कारोबार दिनमा दोस्रो बजारमा दैनिक रुपमा औसतमा १४ अर्ब रुपैंयाको शेयर कारोबार हुँदा नागरिक स्टक डिलरले भने ५ करोड रुपैंयाको मात्र शेयर किनबेच गरेको छ । तथ्यांकका आधारमा नागरिक स्टक डिलरको यो बजार उपस्थिती ०.१८ प्रतिशत मात्र हो ।

जेठ ९ देखि १७ गतेसम्मको ६ कारोबार दिनमा कुल १ खर्ब ६८ अर्ब ७९ करोड रुपैंयाको शेयर कारोबार हुँदा नागरिक स्टक डिलरले ३० करोड ३६ लाख रुपैंयाको मात्र शेयर किनबेच गरेको छ ।
पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था बोर्डले गरेको थियो । धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा संशोधन गर्दै बोर्डले नागरिक स्टक डिलरलाई धितोपत्र व्यापारीको काम गर्न अनुमति दिएको थियो ।

नागरिक स्टक डिलरलाई धितोपत्र व्यापारीको काम सुरु गर्न अनुमति

गत चैत तेस्रो साता मात्र नेपाल स्टक एक्सचेञ्जले नागरिक स्टक डिलरले शेयर खरिद बिक्री गर्न पाउने ३९ कम्पनीको सूची सार्वजनिक गरेको थियो । धितोपत्र व्यापारी कार्यसंचालन सम्बन्धी कार्यविधि २०७७ अनुसार सार्वजनिक गरिएको सूचीमा नेप्सेले सार्वजनिक गरेको सूचीमा २६ वाणिज्य बैंक, ७ विकास बैंक,४ लघुवित्त, नेपाल टेलिकम र तारागाँउ रिजेन्सी गरी ३९ कम्पनी छनौट भएका थिए ।

नागरिक स्टक डिलरले ३९ कम्पनीको शेयर किनबेच गर्न पाउने

कम्पनीले नेटवर्थको ६ गुणासम्म कर्जा सापटी लिएर दोस्रो बजारमा लगानी परिचालन गर्न पाउने व्यवस्था छ । यसका आधारमा कम्पनीले ३० अर्ब रुपैंयाभन्दा बढीको लगानी गर्न सक्छ । शेयर बजारमा ठूलो घटबढ हुन नदिन स्थापना गरिएको स्टक डिलरको उपस्थिती फितलो देखिएको छ । पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता र बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापना गरिए पनि नागरिक स्टक डिलरको भुमिका प्रभावकारी नभएको हो । बजारमा आधा प्रतिशत पनि हिस्सा नदेखिनुले पनि डिलरको प्रभावकारीता देखिन सकेको छैन ।

‘नागरिक स्टक डिलर’ ले शेयर बजारमा ३५ अर्बसम्म लगानी गर्नसक्ने

यस सम्बन्धमा स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले कोरोना महामारीका बेला कारोबार अनुमति पाएकाले प्रभावकारी रुपमा काम हुन नसकेको स्वीकार गरे । उनका अनुसार डिलरले आफ्नै विण्डोबाट मात्र शेयर कारोबार गरिरहेकाले पनि लगानी तथा कारोबारको आकार अपेक्षित नभएको हो । लगानीका लागि आवश्यक नीति अवलम्बन तथा अध्ययन गर्नका लागि टीम तयार पारिए पनि महामारीका कारण टीमले पूर्ण रुपमा काम सुरु गर्न नपाएको उनको भनाई छ ।

शेयर बजारमा १६८ कम्पनीको मूल्य घट्दा नेप्सेमा ४५ अंकको गिरावट, हाइड्रोका लगानीकर्ताले गुमाए

५ अर्ब चुक्ता पूँजी र १० अर्ब जारी पूँजी रहेको नागरिक स्टक डिलरले गत माघ पहिलो साता सञ्चालन अनुमति पाएको थियो । कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी ९एनटीसी०को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर रहने छ । कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न बाँकी छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।