भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न नेपाल राष्ट्र बैंकको अपिल

0
Shares

नेपाल राष्ट्र बैंकले आफ्नो नाममा अनधिकृतरुपमा फेसबुकको प्रयोग भएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण गराएको छ । साथै केन्द्रीय बैंकले हालसम्म आफ्नो कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको प्रष्ट पारेको छ ।

बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले कुनैपनि प्रकारको सूचना जानकारी तथा आव्हन फेसबुक पेज मार्फत नगरिएको बताउँर्दै अनधिकृतरुपमा राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही गरिने बताएको छ ।

राष्ट्र बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनैपनि सूचना प्रबिष्ट नगर्नुहुन सम्पूर्ण फेसबुक प्रयोगकर्ताहरुमा आग्रह गर्दै भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न सर्बसाधारणहरुलाई अपिल गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।