मनकामना स्मार्ट लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने

0
Shares

मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) सोमबार बाँडफाँड हुने भएको छ । संस्थाको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार प्रि अलटमेन्टपछि सोमबार बाँडफाँड गर्ने भएको हो ।

बिक्री प्रबन्धकले धितोपत्र बोर्डबाट अनुमती पाएपछि सोमबार बिहान ९.३० बजे बाँडफाँड गर्ने भएको हो । लघुवित्तले असार १७ देखि २१ गतेसम्म बिक्री गरेको आइपीओमा २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिद आवेदन परेको छ । यो संस्थाले निष्काशन गरेको साधारण शेयरको ७३ गुणा हो । संस्थाले ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् ।

निष्काशन गरेको कुल शेयरमध्ये ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।