ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

0
Shares

ज्योति विकास बैंक लिमिटेड (JBBL) ले निष्काशन तथा बिक्री खुला गरेको डेढ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

बैकले असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १० वर्ष अवधिको ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामक ऋणपत्र जारी गरेको थियो।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १ अर्ब ५० लाख रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ६ लाख कित्ता (सामूहिक लगानीकोषका लागि सुरक्षित ३० हजार कित्ता) सर्वसाधारणमा बिक्रीमा आउनेछ भने बाँकी ९ लाख कित्ता व्यक्तिगत तवरबाट बैंकले विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।

बैंकले बिक्रीमा ल्याएको ‘ज्योति विकास बैंक बण्ड २०८७’ १० वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले छिटोमा असार २३ गतेसम्म र ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन सकिने रहेकेमा आवश्यक आवेदन परेपछि आजबाट बिक्री बन्द हने भएको छ ।

ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिन्छ । उक्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

‘ज्योति विकास बैंक बण्ड २०८७’ मा लगानी गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् । बैंकले प्रदान गर्ने यो ब्याजदर हाल वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा पाइने ब्याजभन्दा धेरै हो ।

बैंकले जारी गर्न लागेको उक्त ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर रेटिङ बीबी प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी मध्यम कर्जा जोखिम र वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको मानिन्छन् ।

उक्त ऋणपत्रको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले रहेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ