मुक्तिनाथ विकास बैंकले निष्कासन गरेको ऋणपत्रको बिक्री बन्द हुँदै

0
Shares

मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि निष्कासन गरेको ऋणपत्रको बिक्री आज बन्द हुँदैछ । बैंकको ऋणपत्रमा आवेदन दिने आज (साउन १२ गते) अन्तिम दिन रहेको छ।

बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशन गरेको हो ।

बैंकले जारी गर्ने ७ वर्षे ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाउनेछन् । कुल जारी हुने १२ लाख ५० हजार कित्ता ऋणपत्रमध्ये बैंकले ५ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ । उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिईसक्नु पर्ने जनाईएको छ ।  बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सकिने छ ।

बैंकले पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डबाट असार ८ गते मंगलवार ऋणपत्र जारी गर्ने अनुमति पाएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।