बैंकिङ्ग प्रणालीबाट आएको विप्रेषण सोही संस्थामा बचत गरे थप ब्याज पाइने

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई स्रोतको अभाव हुन नदिन रेमिट्यान्सलाई औपचारिक च्यानलमा ल्याउन विषेश व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत बैंक वित्तीय संस्थावाट आएको रेमिट्यान्स सोही संस्थामा बचत गरेको खण्डमा अन्यमा भन्दा एक प्रतिशत बढी ब्याजदर दिने वयवस्था गरेको हो ।

चालु आवमा बैंक वित्तीय संस्थामा निक्षेपको अभाव हुन सक्ने भएकाले रेमिट्यान्सलाई औपचारिक माध्यम मार्फत प्रेरित गर्ने नीति ल्याएको हो।

त्यसका साथै रेमिट्न्सलाई अर्थतन्त्रमा परिचालन गर्नका लागि बैंक वित्तीय संस्थामा ब्याजदर बढी दिएर होल्ड गराउन सकेको खण्डमा वित्तीय क्षेत्रको स्रोतमा सहज हुने तथा आर्थिक गतिविध बढाउनका लागि प्रयोग गर्न सकिने अनुमान केन्द्रीय बैंकको रहेको छ ।

त्यसैगरी केन्द्रीय बैंकले वित्तीय प्रणालीमा स्रोत जुटाउन माध्यमको रुपमा विकास बैंक र लघुुवित्तलाइ पनि ऋणपत्र जारी गर्न दिने भएको छ । मौद्रिक नीतिले वाणिज्य बैंकहरुले मात्र नभै राष्ट्रिय स्तरका विकास बैंक, वित्त कम्पनी र थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुले समेत आफ्नो चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने व्यवस्था गरेको छ ।

चालु आवको मौद्रिक नीतिले कृषि र ऊर्जा क्षेत्रको विकासमा दीर्घकालीन साधन परिचालन गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको कृषि र ऊर्जा ऋणपत्र सम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।