नेपाली सेनामा ४ हजार जनालाई जागिर खुल्यो

0
Shares

नेपाली सेनाले रिक्त रहेको विभिन्न सैन्य पदहरुमा ४ हजार जनाका लागि रोजगारीको अवसर खुलाएको छ ।  नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले सेनामा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्तरमृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासी/जनजाति ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिन लागिएको हो ।

कार्यरथी विभाग जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै ४ हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो । बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने सूचनामा जनाइएको छ ।

कार्यरथी विभाग जंगी अड्डाका अनुसार दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ सम्म तोकिएको छ । त्यसैगरी दरखास्त दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले असोज २४ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ। आठ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन्। बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने विभागले जनाएको छ ।

आवश्यक योग्यता

  • कक्षा ८ उतिर्ण गरेको

पुरुष

  • उचाइ न्यूनतम ५ फिट २ इन्च
  • छाती नफुलाउँदा ३२ इन्च फुलाउँदा न्यूनतम ३४ इन्च
  • वजन न्यूनतम ५० केजी

महिला

  • उचाइ न्यूनतम ५ फिट
  • न्यूनतम ४० केजी

साथै चस्मा लगाउने महिला वा पुरुषको आँखा माइनस वा प्लस २ भन्दा बढी कमजोर भएको नहुनुपर्ने उल्लेख गरिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 
.