बीमा कम्पनीहरुको व्यवसाय विस्तार ५२% धेरै, साउनमा साढे १९ अर्ब बीमाशुल्क संकलन

0
Shares

नेपालमा सञ्चालित बीमा कम्पनीहरुको साउनमा व्यवसाय विस्तार आकर्षण र उत्साहप्रद देखिएको छ । कोभिड-१९ महामारीबाट व्यवसायीक रुपमा ‘न्यू नर्मल’ तर्फ उन्मुख रहेका बीमा कम्पनीहरुको साउनमा व्यवसाय विस्तारको दर ५० प्रतिशतभन्दा धेरै देखिएको हो ।

अघिल्लो साउनको तुलनामा जीवन बीमातर्फ ६३.८१ प्रतिशत र निर्जीवन बीमातर्फ व्यवसायतर्फ १०.७४ प्रतिशते वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो एक महिना अर्थात साउन महिनामा १९ जीवन तथा १९ निर्जीवन बीमा गरी कुल ३८ बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । २०७७ साउनमा जीवन तथा निर्जीवन गरी कुल १२ अर्ब ८४ करोड रुपैयाँ बीमशुल्क संकलन भएकोमा समीक्षा अवधिमा ५२.६३ प्रतिशतले बीमाशुलक संकलन बढेको हो ।

जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन गत आवको साउन महिनाको तुलनामा ६३.८१ प्रतिशतले बढेर २०७८ साउनमा १६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०७७ को साउनसम्ममा जीवन बीमा कम्पनीहरुले १० अर्ब १४ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ।

यसैगरी २०७८ साउनमा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ९९ करोड रुपैयाँ संकलन गरेका छन् जुन गत आवको साउन महिनाको तुलनामा १०.७४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७७ को साउनसम्ममा २ अर्ब ७० करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए ।

बीमा संस्थानको बीमाशुल्क सबैभन्दा धेरै बढ्यो, व्यवसाय विस्तारमा नयाँ कम्पनी अब्बल

बीमा समितितिले उपलब्ध गराएको २०७८ साउनको तथ्यांक अनुसार राष्ट्रिय बीमा संस्थानले सबैभन्दा धेरै प्रतिशतका दरले बीमाशुल्क संकलन वृद्धि गरेको छ भने रकमका आधारमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ ।

राष्ट्रिय बीमा संस्थानले सबैभन्दा धेरै ९३६.११ प्रतिशतले बीमाशुल्क संकलन बढाएको छ । यस अवधिमा संस्थानले ३ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ३६ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।

जीवन बीमा कम्पनीतर्फ एलआइसी नेपाल बाहेक अरु सबै कम्पनीको बीमाशुल्क आर्जन रकम बढेको छ । साउन महिनामा एलआइसीको बीमाशुल्क संकलन रकम ४.७६ प्रतिशतले घटेर एक अर्बमा सीमित भएको हो । २०७७ साउन महिनामा कम्पनीले एक अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

  Life Insurance Company Total Premium Collection Shrawan (Rs. in Crore)
S.N.  Name  2078/079  2077/078 Growth %
1 Rastriya Beema Sansthan 373.00 36.00 936.11
2 Prabhu Life Insurance 34.00 8.00 325.00
3 Sun Nepal Life Insurance 29.00 11.00 163.64
4 Mahalaxmi Life Insurance 12.00 5.00 140.00
5 Reliance Life Insurance 28.00 12.00 133.33
6 Citizen Life Insurance 45.00 22.00 104.55
7 Reliable Nepal Life Insurance 30.00 16.00 87.50
8 Jyoti Life Insurance 33.00 18.00 83.33
9 IME Life Insurance 34.00 20.00 70.00
10 Union Life Insurance 76.00 48.00 58.33
11 Samima Life Insurance 14.00 9.00 55.56
12 Surya Life Insurance 52.00 35.00 48.57
13 National Life Insurance 133.00 106.00 25.47
14 Gurans Life Insurance 40.00 33.00 21.21
15 Asian Life Insurance 63.00 52.00 21.15
16 Nepal Life Insurance 476.00 397.00 19.90
17 Met Life Insurance 49.00 44.00 11.36
18 Prime Life Insurance 40.00 37.00 8.11
19 Life Insurance Co. 100.00 105.00 -4.76
  Total 1661.00 1014.00 63.81

व्यवसाय विस्तारको दरमा नयाँ कम्पनी अग्रसर देखिएका छन् । यस अवधिमा नयाँ पाँच कम्पनीले शतप्रतिशतभन्दा धेरैले बीमाशुल्क आर्जन रकम वृद्धि गरेका छन् । प्रभु लाइफ, सन नेपाल लाइफ, महालक्ष्मी लाइफ, सिटिजन लाइफ, रिलायन्स लाइफले शतप्रतिशत भन्दा धेरैले बीमाशुल्क संकलन रकम बढाएका हुन् ।

सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । गत आवको साउनसम्ममा कम्पनीले ३ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस्तै, नेशनल लाइफले १ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

निर्जीवन तर्फ लुम्बिनी र प्रिमियरको बीमाशुल्क घट्यो, अन्य सबैको बढ्यो

साउनको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीतर्फ लुम्बिनी जनरल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी बाहेक अरु सबै कम्पनीको बीमाशुल्क संकलन रकम बढेको छ ।

यस अवधिमा लुम्बिनी जनरलको बीमाशुल्क संकलन रकम २३.०८ प्रतिशत र प्रिमियर इन्स्योरेन्सको बीमाशुल्क संकलन रकम ८८.८९ प्रतिशतले घटेको हो ।

विसं २०७८ साउनमा लुम्बिनी जनरलले १० करोड मात्र बीमाशुल्क संकलन गरेको छ भने प्रिमियर इन्स्योरेन्सले दुई करोडमा सीमित भएको छ । अघिल्लो आवमा यी कम्पनीहरुको बीमाशुल्क संकलन क्रमशः लुम्बिनी जनरलको १३ करोड र प्रिमियर इन्स्योरेन्सको १८ करोड थियो ।

  Non life Insurance Company Total Premium Collection Shrawan (Rs. in Crore)
S.N.  Name  2078/079  2077/078 Growth %
1 Himalayan General Insurance 23.00 6.00 283.33
2 United Insurance 15.00 8.00 87.50
3 Sanima Insurance 6.00 4.00 50.00
4 Oriental Insurance 17.00 14.00 21.43
5 Neco Insurance 26.00 22.00 18.18
6 IME General Insurance 13.00 11.00 18.18
7 Prabhu Insurance 13.00 11.00 18.18
8 Shikhar Insurance 33.00 29.00 13.79
9 Siddhartha Insurance 26.00 23.00 13.04
10 NLG Insurance 20.00 18.00 11.11
11 Everest Insurance 11.00 10.00 10.00
12 Ajod Insurance 12.00 11.00 9.09
13 Prudential Insurance 12.00 12.00 0.00
14 General Insurance 7.00 7.00 0.00
15 Sagarmatha Insurance 30.00 30.00 0.00
16 National  Insurance 12.00 12.00 0.00
17 Nepal Insurance Company 11.00 11.00 0.00
18 Lumbini General 10.00 13.00 -23.08
19 Premier Insurance 2.00 18.00 -88.89
   Total 299.00 270.00 10.74

हिमालयन जनरलको व्यवसाय वृद्धिदर धेरै

साउनको तथ्याङ्क अनुसार सबैभन्दा धेरै व्यवसाय बढाउनेमा हिमालयन जनरल इन्स्योरेन्स देखिएको छ । कम्पनीले २८३.३३ प्रतिशतले व्यवसाय बढाउँदै २३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । २०७७ साउनमा हिमालयनले ६ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।

हिमालयन पछि व्यवसाय बढाउने कम्पनीमा युनाइटेड र सानिमा जनरल इन्स्योरेन्स परेका छन् । युटाइटेडको ८७.५० प्रतिशतले बीमाशुल्क बढेको छ भने सानिमाको ५० प्रतिशतले बढेको छ ।

यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन शिखर इन्स्योरेन्सले गरेको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन रकम १३.७९ प्रतिशतले बढेर ३३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको साउनमा २९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।