रिलायन्स लाइफ इन्स्योरेन्स (RLI) ले अर्जुन भद्र खनाललाई सञ्चालक नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको २० गते सम्पन्न बैठकले खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
खनाललाई संस्थापक शेयरधनी सिद्धार्थ बैंकको तर्फबाट सञ्चालक निुक्त गरिएको कम्पनी सचिव मुना पौडेलले जानकारी दिइन् ।
यसअघि सिद्धार्थ बैंकको तर्फबाट सुन्दरप्रसाद कँडेलले सञ्चालकको प्रतिनिधित्व गर्दै आएका थिए ।
नवनियुक्त सञ्चालक खनालले भदौ २१ गतेदेखि नै आफ्नो जिम्मेवारी सम्हालेसकेको कम्पनीले जानकारी दिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया