साउनमा मात्र १७ बैंकबाट ९९ अर्ब रुपैयाँ निक्षेप बाहिरियो, कुमारीको मुद्दती २४ प्रतिशतले बढ्यो

0
Shares

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकहरुबाट अत्याधिक निक्षेप बाहिरिएको छ । कोरोनाका कारण ठप्प रहेको आर्थिक गतिविध पुनः सुचारु भएसंगै बैंकहरुबाट करिब एक खर्ब निक्षेप बाहिरएको हो ।

कोरोनाले बढाएको बैंक वित्तीय संस्थाको निक्षेप कोरोना संक्रमणमा कमी आएसंगै सुचारु भएको आर्थिक गतिविधिले निक्षेप घट्न पुगेको बैंकरहरु बताउँछन् । त्यसका साथै यो अवधिमा आयात वृद्धि पनि उच्च भएपछि बैंकहरुबाट निक्षेप बाहिरिएको हो । त्यसका साथै कोरोनाका कारण सुस्ताएको अनौपचारिक अर्थतन्त्रले पनि गति लिएसंगै बैंकिङ प्रणालीको पैसा बाहिरएको उनीहरुको विश्लेषण छ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १७ बैंकहरबाट ९९ अर्ब ७८ करोड रुपैयाँ निक्षेप बाहिररिएको छ । तर, सो अवधिमा बाँकी १० बैंकमा निक्षेप थपिएको छ । साउन महिनामा १० बैंकहरुमा कुल २० अर्ब ४७ करोड रुपैयाँ निक्षेप थपिएको छ । सो थपिएको निक्षेपलाई पनि घटाउँदा साउन महिनमा बैंकिङ प्रणालीबाट करिब ७७ अर्ब रुपैयाँ निक्षेप बाहिरएको देखिन्छ ।

साउन महिनामा सबैभन्दा धेरै राष्ट्रिय बाणिज्य बैंकको निक्षेप बाहिरिएको छ । यो एक महिनामा बैंकको २९ अर्ब ३३ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ । साउन महिनामा राष्ट्रिय वाणिज्य बैंकको कल निक्षेप १५, करेन्ट निक्षेप ३२.६, सेभिङ ३.१ र मुद्दती निक्षेप ०.३ प्रतिशतले घटेको छ । तर, बैंकको यो अवधिमा अन्य निक्षेप ७ प्रतिशतले बढेको छ । गत आवको असार अन्तिममा २ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा साउन अन्तिममा घटेर २ खर्ब ३६ अर्ब रुपैयाँमा झरेको छ ।

सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकसंगै साउनमा निक्षेप घट्नेमा नेपाल बैंक दोस्रोमा छ । सो अवधिमा नीजि क्षेत्रको प्रभू बैंकको पनि उल्लेख्य निक्षेप घटेको छ ।

सो अवधिमा कुमारी बैंकले सबैभन्दा धेरै मुद्दती निक्षेप बढाएको छ । त्यसैगरी प्रतिशतका आधारमा सबैभन्दा धेरै माछापुच्छ«े बैंकको मुद्दती निक्षेप घटेको छ । गत आवको अन्तिम महिनो ८० अर्ब ४६ करोड रुपैयाँ मुद्दती निक्षेप रहेको कुमारी बैंकमा चालु आवको साउन महिनाको अन्तेसम्ममा २४.२ प्रतिशतले बढेर ९९ अर्ब ९२ करोड पुगेको छ ।

साउन महिनामा लक्षमी बैंकको सबैभन्दा धेरै अन्य निक्षेप घटेको छ । सो अवधिमा बैंकको ३७ प्रतिशत अन्य शिर्षकको निक्षेप घटेको हो । सनराइज बैंकको पनि कल निक्षेप सबैभन्दा धेरै घटेको छ । साउनमा बैंकको कल निक्षेप २५.५ प्रतिशतले घटेको छ । त्यसैगरी करेन्टमा भने कुमारी बैंकको ६२.७ प्रतिशतले घटेको छ । बचतमा भने सबैभन्दा धेरै ५.७ प्रतिशतका दरले एनसीसी बैंकको घटेको हो ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।