वस्तु तथा सेवा निर्यात गर्दा अमेरिकी डलर ५० लाख सम्मको स्ट्याण्डवाई एलसी खोल्न सकिने

0
Shares

विदेशमा वस्तु निर्यात तथा सेवा प्रदान गर्ने व्यवसायीले अग्रिम भुक्तनीका लागि आवश्यक पर्ने बैंक ग्यारेन्टी ५० करोड अमेरिकी डलरसम्मको स्ट्याण्डवाई लेटर अफ क्रेडिट लिन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै विदेशमा वस्तु निर्यात तथा सेवा प्रदान गर्ने लगायतका व्यवसायका लागि आवश्यक अग्रिम भुक्तानीका लागि व्यावसायीले वाणिज्य बैंक मार्फत ५० लाख अमेरिकी डलर सम्मको विड वण्ड, परफमेन्स वण्ड वा स्ट्याण्डवाई एलसीको सुविधा लिन सक्ने भएका छन् । यस्तो बैंक ग्यारेन्टी वा स्ट्याण्डवाई एलसी जारी गर्दा बैंकले आवश्यकता सम्बन्धी आधिकारिक कागजात लिनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

यो व्यवस्थाले विदेशमा काम गर्ने ठेगदार कम्पनी, आइटीसम्बन्धी कम्पनी लगायतका लागि सहज हुने छ । यो बैंक ग्यारेन्टीका लागि विदेशी मुद्रा आर्जन गरेर नेपाल भित्राउँदै आएको हुनुपर्छ ।

केन्द्रीय बैंकले विदेशी मुद्राको सञ्चिती बढाउनका लागि यस्तो व्यवस्था गरेको हो । यसभन्दा अघि विप्रेषणको कारोबार गर्ने कम्पनीहरुका लागि मात्र २ लाख अमेरिकी डलरसम्मको बैंक ग्यारेन्टी सुविधा दिएको थियो । तर, पछिल्लो निर्देशन मार्फत अन्य कम्पनी तथा संस्थाहरुले पनि यस्तो सुविधा पाउने भएका हुन ।

साथै बैंक ग्यारेन्टी वा स्ट्याण्डवाई एलसी जारी गरेपछि हुने सम्पुर्ण दायित्व भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै हुने निर्देशनमा उल्लेख गरेको छ । तर, विदेशमा ऋण प्रयोजनका लागि यस्तो बैंक ग्यारेन्टी जारी गर्न भने नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

तर, विदेशी मुद्रा आम्दानी गरेका नेपाली फर्म वा कम्पनीलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्राउने प्रयोजनका लागि निश्चित शर्त तथा कागजातहरुको आधारमा विदेशमा ऋण लिने प्रयोजनको लागि समेत बैंक ग्यारेन्टी वा स्ट्याण्डवाई एलसी जारी गर्न केन्द्रीय बैंकले स्वीकृति प्रदान गर्न सक्नेछ ।

बैंक ग्यारेन्टी वा स्ट्याण्डवाई एलसीको अधिकतम सीमा अमेरिकि डलर ५० लाख वा सो बरावरको अन्य विदेशी मुद्रा हुनेछ । त्यस्तो सीमा बैंक ग्यारेन्टी वा स्ट्याण्डवाई एलसीको निवेदकले पछिल्लो ५ आर्थिक वर्षहरुभित्र बैंकिङ प्रणालीबाट आम्दानी गरेको कुल विदेशी मुद्रा भन्दा बढी हुने नहुने व्यवस्था निर्देशनमा उल्लेख छ । त्यसैगरी विदेशमा लिइने रकमभन्दा पनि बढी हुन हुदैन ।

यसका लागि व्यवसायीले बैंक ग्यारेन्टी वा स्ट्याण्डवाई एलसी जारी गरी विदेशमा ऋण लनुपर्ने आवश्यकता पुष्टि हुने कागजात पेस गर्नुपर्नेछ । यस्तो कारोबार गर्दा सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ लगायतका प्रचलित राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन, नियम, निर्देशनको पुर्णतया पालना गर्नुपर्ने केन्द्रीय बैंकले व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।