बाढी पहिरोबाट प्रभावितहरुको तत्काल उद्दार र राहतको व्यवस्था गर्न ध्यानाकार्षण

0
Shares

संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत विकास तथा प्रविधि समितिले  बाढी पहिरोबाट ज्यान गुमाएका मृतकहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दै प्रभावितहरुको तत्काल उद्दार र राहतको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको छ ।

विभिन्न स्थानका सडक तथा पुलहरु क्षतिग्रस्त भएकाले क्षतिग्रस्त सडक र पुलहरु मर्मत सम्भार गरी नागरिकहरुको जनजीवन सहजीकरण गर्ने आवश्यक व्यवस्था मिलाउन समितिले नेपाल सरकारका जिम्मेवार सम्वद्ध निकायहरुको ध्यानाकार्षण गराएको हो ।

समितिको सभापति कल्याणी कुमारी खड्काद्धारा जारी विज्ञप्तीमा मुलुकमा अचानक देखापरेको यो संकटपूर्ण अवस्थाप्रति समिति अत्यन्त मर्माहित भएको उल्लेख गरिएको छ ।

समितिले नेपालको सुदुरपश्चिम र कर्णाली प्रदेशका महाकाली, सेती, कर्णाली लगायतका नदीहरुमा आएको बाढीका कारण विभिन्न स्थानका सडक तथा पुलहरु क्षतिग्रस्त भई केही नागरिकहरुको मृत्यु भएको, कतिपय वेपत्ता भएका, कतिपय घरवार विहीन भई ठूलो संकटको सामना गर्नु परिरहेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: ३ कार्तिक २०७८, बुधबार  १६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।