विपन्न परिवार नगद अनुदान पाउन कहाँ दिने आवेदन ? अन्तिम म्याद मंसिर १० गतेसम्म

0
Shares

सरकारले कोभिडका कारण रोजगारीको अवसर गुमाएका ५ लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिँदैछ । यसका लागि मंसिर १० गतेसम्म आवेदन दिने अन्तिम म्याद राखेर १५ दिने सूचना प्रकाशित गरेको थियो । जसमा आवेदन दिन अब ४ दिनमात्र बाँकी छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण रोजगारी तथा आय आर्जनको अवसर गुमाएका अति विपन्न वर्गका ५ लाख घरपरिवारलाई सरकारले १० हजारका दरले नगद अनुदान दिन लागेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले चालु आवमा राहतस्वरुप एकपटकका लागि प्रतिपरिवार १० हजारका दरले नगद अनुदान दिन लागिएको जानकारी दिए । मन्त्रालयले मंसिर १० गतेभित्र स्थायी वा अस्थायी रूपमा बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा आवेदन दिन आग्रह गरेको छ । सरकारले ७७ वटै जिल्लामा के–कति सङ्ख्यामा राहत उपलब्ध गराउने भन्ने निर्धारण गरिएको छ ।

कोरोनाको कहरमा सबैभन्दा बढी मारमा परेका वर्ग, क्षेत्र र समुदाय नै दैनिक रोजीरोटी गर्नेहरु थिए । त्यही वर्गलाई सरकारले सम्बोधन गरेको अर्थमन्त्री शर्माको भनाइ छ । अर्थ मन्त्रालयले कार्तिक २५ गते बिहीबार सूचना जारी गर्दै रोजगारी तथा आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अतिविपन्न परीवारलाई अनुदान प्रदान गर्ने सूचना प्रकाशन गरिसकेको छ ।

नेपाल सरकारको कार्यक्रम अनुसार आव. २०७७/०७८ मा एक पटकका लागि प्रति परिवार १० हजार रुपैयाँका दरले अनुदाान प्रदान गर्ने लागेको हो । अनुदान प्राप्त गर्न परिवारको कुनै एक सदस्यले १५ दिन (मंसिर १०) भित्र आफु स्थायी वा अस्थायी (न्यूनतम ६ महिनाबाट) रुपमा बस्दै आएको वडा कार्यालयमा निवेदन पश गर्नुपर्नेछ।

निवेदन पेश गर्दा “कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तानतरण कार्यविधि, २०७८” को अनुसूची २ बमोजीमको ढाँचामा पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

अनुदान विगतमा गर्दै आएको रोजगारी पूर्ण रुपमा गुमाएका र रोजगारीको अर्को अवसर प्राप्त गर्न नसकी वेरोगजार भएको असंगठित क्षेत्रको मजदुर वा कामदार, खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदीमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला मजदुर गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायात मजदुर र पर्यटकीय भरिया आदीले प्राप्त गर्नेछन् ।

साथै कोरोनाका कारण आयआर्जन गर्ने मूख्य सदस्यको मृत्यु भइ आर्थिक संकट झेल्नु परेको परीवार तथा अभिभावक गुमाएका असाहाय नाबालकलाई स्याहार गर्ने परिवारले प्राप्त गर्नेछन् ।

साथै नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तभरण वा विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गर्ने परिवार, संचित आय वा पैत्रिक सम्पतिबाट तत्कालको खर्च आवश्यकता पूरा गर्ने सक्ने परीवार र एक पटक राहत प्रदान गरेको परिवारले यो अनुदान नपाउने मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना त्रास सुरु गरिएपछि पूरक समेत गरी तीनवटा बजेट आए । ठूला व्यवसायीलाई सहजै राहत दिएको सरकारले दैनिक ज्यालादारीका लागि कुनै पनि कार्यक्रम ल्याएन र सम्बोधन गर्न सकेन । तर यो पटक सरकारले विपन्न परिवारलाई नगदको रुपमा राहत वितरण गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।