‘लगानीकर्ताले ‘क्राउड’ बाट पनि पूँजी संकलन गर्न सक्छन्’ : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा लगानी गर्ने लगानीकर्ताले डेब्ट मात्र नभै क्राउड मार्फत इक्यूटी फाइनान्सिङका लागि आवश्यक पूँजी संकलन गर्न सक्ने बताएका छन ।

नेपालमा लगानीको लागि राम्रो अवसर रहेको बताउदै मन्त्री खतिवडाले सेयर बजार मार्फत क्राउडलाइ प्रयोग गरेर पनि पूँजी संकलन गर्न सक्ने बताएका हुन । मंगलबार एशिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रिय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन एशिया प्यासिफिक सेन्ट्रल सेक्युरीटिज डिपोजिटरी गु्रप (एसीजी) को २३ औं वार्षिक साधारण सभामा मन्त्री खतिवडाले नेपाल जस्तो मुलकमा उद्यमी, प्रवद्र्धक तथा सुरुवाती लगानीकर्तासंग व्यवसाय गर्ने पर्याप्त पूँजी नहुने भएकाले पूँजी बजारको मद्दत लिनु पर्ने बताएका हुन ।

पुँजी संकलनका लागि धितोपत्र बजारका विभिन्न माध्यमहरु प्रयोग गर्न सक्ने बताउदै उनले भने,“लगानीकर्ताका लागि आवश्यक पूँजी क्राउड मार्फत संकलन गरेरपनि प्रोजेक्टका लागि आवश्यक साधन जुटाउन सकिन्छ ।”

लगानीकर्ताले देशको आर्थिक नीति, सेयर बजारका नीति तथा अवस्था, कारोबार सञ्चालन प्रक्रिया लगायतका पक्षहरुलाइ पनि हेर्नु पर्ने उनको सुझाव छ । अर्थतन्त्र तथा पूँजी बजारमा प्रविधिको प्रयोगलाइ पनि उत्तीकै महत्वका साथ हेरिएको हुनाले नीति तथा सञ्चालन प्रक्रियाको प्रभावकारीतालाइ पनि हेर्नु पर्ने उनको तर्क छ ।

पूँजी बजारमा प्रविधिको प्रयोगको कुरा गर्दा केन्द्रीय निक्षेप सेवाको महत्वपुर्ण भुमिका रहने बताउदै कुनै पनि साधारण सेयर निष्कासन गर्दा कती छिटो बाँडफाड हुन्छ भन्ने कुरालाइ पनि हेरिने उनले बताए । सेयर बजारको प्रक्रियाका साथै वित्तीय क्षेत्रको भुक्तानी प्रक्रिया पनि सोही अनुपातामा छिटो छरीतो हुनु जरुरी हुनु पर्ने मन्त्री खतिवडाको भनाइ छ । प्रविधि सहतिको चुस्त तथा प्रभावकारी कारोबार प्रक्रिया र भुक्तानी प्रणाली वित्तीय बजारको लागि अति नै आवश्यक मानिएको विषय रहेको उनको बुझाइ छ । 

”अहिलेको समयमा लगानीकर्ताले एक क्लिकको भरमा कारोबार सम्पन्न तथा राफसाफ गर्न चाहान्छन,” उनले भने, “लगानीकर्ताले लगानीको निर्णय समेत आर्टिफिसियल इन्टिलिजेन्स(एआई)को प्रयोग गर्न थालेको अवस्था छ ।” लगानीकर्ता संग प्रयाप्त समय छैन । उनीहरुले सबै काम एउटा मोवाइलको भरमा गर्न थालेका छन । आजको व्यक्तिले पैसा होस वा सेयर मोवाइमा नै बेकरेर हिडेको हुन्छ । भौतिक रुपमा भन्दा पनि भर्चुअल रुपमा संसार अघि वढीसकेको मन्त्री खतिवडाको भनाइ छ ।

अहिले मानव दिमागको अस्तीत्व नै संकटमा पार्दै आर्टिफिसियल इन्टिलिजेन्सले हावी भएको अवस्था रहेको मन्त्री खतिवडाको भनाइ छ । तर, प्रविधिमा आएको परिवर्तनलाइ हामीले स्विकार गर्नै पर्ने अवस्था आएको हुनाले पनि पछिल्ला दिनहरुमा प्रविधिले व्यवसाय गर्ने तैर तरीका नै परिवर्तन ल्याइरहेको छ । जोखिम सहितको प्रविधिलाइ अगाल्दै अघि वढ्दा हामीले गर्ने व्यावसया डिटिल फ्रेमवर्कमा पनि कसरी सुरक्षीत हुन सक्छ यता तिर पनि उत्तीकै ध्यान दिनु जरुरी रहेको उनले औल्याए ।

नेपाली पूँजी बजार लगानीकर्ता तथा सञ्चालकहरुले बुल र वियर मात्र हुन्छ भन्ने् गरेको बताउदै मन्त्री खतिवडाले थापे,“लगानीकर्ता तथा बजार सञ्चालकले बजार घट्ने वा वढ्ने मात्र अपेक्षा गर्न भएन ।” सेयर बजारमा अझै पनि घोष्ट र डेमोन सक्रिय रहेका बताउदै उनले तिनीहरुले सेयर बजार घरी घरी त्रास फैलाउने काम गरेको आरोप समेत खतिवडाले लगाए । “कहीलेकाही उनीहरुले बजारको चक्रलाइ नै विगार्ने पनि काम गरेका देखिन्छ,” उनले भने, “यसवाट हामी सबै सचेत हुनु पर्छ, सेयर बजारको सन्दर्भमा केही व्यक्तिहरुले घोष्ट र डेमनको भुमिका निर्वाह गरेको देखिन्छ । त्यसैले तपाइहरुले यस विषयलाई ध्यान पुर्वक हेर्ने तथा बुझन जरुरी छ की कुनै पनि कृत्रिम क्रियाकलापले बजारको डाइमेनसनलाई परिवर्तन गर्न सक्दैन ।”

सेयर कारोबार लागत घटाउने तथा कारोबार राफसाफलाइ छिटो बनाएको अवस्थामा बजार अघि वढ्ने उनको तर्क छ । बजारमा उपयुक्त चाललाइ सक्रिय रुपमा बुझेर मात्र खरिद तथा बिक्री गरेको खण्डमा नाफा बुक पनि गर्न सक्ने अवस्था रहने उनी बताउछन । सेयर बजारमा लगानी गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकलाइ वित्तीय प्रणालीमा मनि सप्लाई वढाइदियोस, मौद्रिक नीतिमा लचकता अपनाइदियोस भन्ने सोच्नु पर्ने अवस्था आउदैन । बजारमा धेरै तरलता भएको खण्डमा बजार आफैले गती लिने गर्छ । सेयरको माग र आपुर्तिको अलवा अन्य पक्षहरुले पनि बजारलाइ निर्देशीत गर्ने गर्छन । त्यसका साथै नपाल स्टक एक्सचेन्ज(नेप्से) र सिडिएससीले प्रभावकारी रुपमा काम गरेको खण्डमा सेयर बजारमा बजारलाइ चलाउन खोज्ने खालको समुह संगठीत हुने अवस्था नरहने खतिवडाको तर्क छ ।

नेपालको सेयर बजार बैक वित्तीय संस्थाको इक्विटी सेयरले डोमिनेटेड छ । अन्य वित्तीय औजाहरुको कारोबार कम छ । सरकारी ऋणपत्र तथा करर्पोरेट वण्डको अभौतिकिरण गराउनु पर्ने उनले बताए । सेयर बजार होस वा वित्तीय बजारमा विकास भएको भर्चुअल प्रणालीमा हामी पुर्ण रुपमा सुरक्षीत र नियन्त्रीत छौ कि छैनौ भन्ने कुरालाइ हेर्नु पर्ने उनले बताए ।