सरकारी कर्मचारीका लागि  पेन्सन अन्त्य, साउन १ देखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ नियुक्त हुने कर्मचारीहरुका लागि परम्परागत पेन्सन र उपदान सुविधा नदिने भएको छ । सरकारले पेन्सन बन्द गरेर योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको हो ।

अबदेखि नयाँ नियुक्त हुने निजामती, शिक्षक, सुरक्षा निकाय, स्वास्थ्य सेवा लगायतका पुरानो पेन्सन योजना लागु हुने छैन् । उनीहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने छ ।

यस प्रणाली अनुसार कर्मचारीको मासिक तलबको केहि प्रतिशत कर्मचारी स्वयंले र प्रतिशत सरकार वा रोजगारदाताले व्यहोर्नुपर्ने छ । कोषमा जम्मा हुने रकम वृद्धावस्थामा पेन्सन, स्वास्थ्य बीमा, दुर्घटना बीमा , मातृत्व सुविधा र अन्य सामाजिक सुरक्षा सम्बन्धी सेवामा उपयोग गरिनेछ ।

सरकारका अनुसार यो व्यवस्था दीर्घकालीन रुपमा राज्यकोषमा पर्ने पेन्सनको भार कम गर्ने र कर्मचारीलाई थप सामाजिक सुरक्षाको ग्यारेन्टी दिने उद्देश्यले लागू गरिएको हो ।

सामाजिक सुरक्षा ऐनअन्तर्गत निर्माण हुने नियमावली र कार्यविधि तयारीको अन्तिम चरणमा रहेको छ । नयाँ प्रणाली साउन १ बाट पूर्ण रुपमा लागू गरिने तयारी सरकारले गरिरहेको छ ।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।