युवा स्वरोजगार कोष बिचौलीयाहरुको कमाई खाने भाँडोः मन्त्री अथक

0
Shares

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले सरकारले युवाहरुलाई सहज रुपमा ऋण प्रवाह गर्ने उद्धेश्यले स्थापना गरेको युवा स्वरोजगार कोष बिचौलीयाहरुको कमाई खाने भाँडोका रुपमा परिणत हुँदै गएको बताएका छन् ।

युवाहरुको नाममा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरेको भए पनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेको तर्फ ईगिंत गर्दै मन्त्री अथकले युवा लक्षित गतिविधिहरुलाई एउटै संयन्त्रमा ल्याउनुपर्ने बताए ।

मन्त्री अथकले प्रधानमन्त्री स्वरोजगार कार्यंक्रम, गरिबी निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका युवा परिषद तथा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई एकै ठाँउमा केन्द्रित गरेर लक्षित वर्गसम्म बृहत रुपमा पहुँच विस्तार हुने खालको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

उनले कुल जनसँख्याको ४० प्रतिशत युवाहरुको मनोभाव बोकेको मन्त्रालयको जिम्मेवारी आफुले सम्हालेको बताउँदै सबै कार्यक्रमहरुलाई मन्त्रालयकै मातहतमा ल्याएर नयाँ ढंगले अगाडी बढ्नुपर्ने धारणा राख्दै आएका छन् ।

मन्त्रालय मार्फत युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन सहुलियतमा ऋण तथा अनुदान प्रवाह गर्ने भनिएता पनि नितिगत रुपमै समस्या देखिएकाले त्यसको कार्यान्वयन पक्ष फितलो रहेको मन्त्री अथकको बुझाई छ ।

मन्त्रालयका औपचारीक तथा आन्तरीक बैठकहरुमा समेत मन्त्री अथकले युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सपना देखाउने खालका योजनाहरु तर्जुमा गर्न सचिव तथा कर्मचारीहरुलाई निर्देशन दिदैं आइरहेका छन् ।

विदेशी भुमीमा गएर श्रम बेच्न बाध्य युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउनकालागि आवश्यक रणनिति तय गर्न बृहत्त युवा सम्मेलनको आवश्यकता महशुस गरेको बताउँदै मन्त्री अथकले प्राकृतीक स्रोत साधन र युवाहरुको श्रमलाई सहि ढंगले सदुपयोग गर्न सकेमा समृद्धीको नयाँ ढोका खोल्न सकिने विश्वास समेत ब्यक्त गर्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ मंसिर २०७८, बिहिबार  १७ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।