सिभिल बैंकको ३ अर्बको ऋणपत्र बिक्रीमा, वार्षिक १०.२५% ब्याजदर

0
Shares

सिभिल बैंक (CBL) ले मंसिर २४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ को बिक्री खुला गरेकोे छ । बैंकले दीर्घकालीन स्रोत संकलनका लागि यो ऋणपत्र बिक्रीमा ल्याएको हो ।

बैंकले प्रति डिबेञ्चर एक हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।

कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता डिबेञ्चर व्यक्तिगत तवरबाट बिक्री हुनेछ । बाँकी रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता (सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत बराबरको ६० हजार कित्ता सहित) डिबेञ्चर सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

दश वर्ष अवधि रहेको बैंकको ऋणपत्रका लागानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन् ।

मंसिर २४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भएको उक्त ऋणपत्र निष्काशन बन्द छिटोमा मंसिर २८ गते रहेको छ भने उक्त समयावधिभित्र सबै ऋणपत्र बिक्री नभएको खण्डमा भने ढिलोमा पुस ५ गतेसम्म निष्काशन खुला रहनेछ ।

इच्छुक आवेदकले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिन्छ । ऋणपत्रमा सिभिल बैंकको केन्द्रीय कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुबाट समेच आवेदन दिन सकिनेछ ।

बैंकले निष्काशन गर्न लागेको डिवेन्चरको व्याजदर हाल नेपाल स्टक एक्सचेन्जमा सुुचीकृत डिवेन्चरहरुको औसत व्याजदर भन्दा बढी तथा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको व्याजदर भन्दा पनि उच्च रहेको बैंकको भनाई छ ।

यसका साथै अन्य धेरै डिवेन्चरहरु भन्दा फरक यस सिभिल बैंक डिवेन्चरले त्रैमासिक रुपमै व्याज भुक्तानी गर्नेछ जसले गर्दा लगानीकर्ताले अर्ध वार्षिक भुक्तानी योजना भएकोमा भन्दा अधिक ब्याज आम्दानी प्राप्त गर्नेछ । सामूहिक लगानी कोषको लागि छुट्टयाइएको ५% डिवेन्चरको लागि २.३ गुणा बढी आवदेन प्राप्त भएको समेत बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।