पन्चकन्या माई हाइड्रोपावरले पुस २८ गते बुधबार एकैदिन डाक्यो तीन आर्थिक वर्षको साधारण सभा

0
Shares

पन्चकन्या माई हाइड्रोपावरले पुस २८ गते बुधबार एकैदिन तीन आर्थिक वर्षको चौथो, पाँचौं र छैटौं वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनी सञ्चालक समितिको पुस ५ गते सम्पन्न बैठकले आर्थिक वर्षहरु २०७५।७६, आव २०७६।७७ र आव २०७७।७८ को साधारण सभा एकैदिन डाकेको हो ।

सभा २८ गते कुपण्डोल ब्याङ्क्वेट, ललितपुर र जुम एप मार्फत सञ्चालन गर्ने जनाएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आव २०७५।७६, २०७६।७७ र २०७७।७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने छलफल तथा स्वीकृत गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित तीनवटै आवको वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने र लेखापरिक्षण समितिको सिफारिस अनुसार आव २०७८।७९ को लागि लेखापरिक्षकको नियुक्ती तथानिजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै कम्पनीको संस्थापक समुहवाट प्रतिनिधित्व गर्ने ४ जना (महिला समेत) संचालकको निर्वाचन वा मनोनयन गर्ने एजेण्डा पनि सभामा रहेको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गते मंगलबार बुकक्लोज गर्ने जनाएको छ । बुकक्लोज मितिका आधारमा पुस १९ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभा प्रतिनिधित्व जनाउन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ६ पुस २०७८, मंगलबार  ११ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।