सम्पत्ति शुद्धिकरण, कर र मार्जिन कलको त्रासले शेयर बजारमा निरन्तर गिरावट

0
Shares

सम्पत्ति शुद्धिकरण सम्वन्धी नयाँ कानुन लागू हुने चर्चा चलिरहदा शेयर बजारको गिरावटले निरन्तरता पाएको छ। शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको विवाद साम्य भइनसक्दा लगानीकर्तामा मार्जिन कलको त्रास थपिदा बजार घट्ने क्रमले तिब्रता पाएको छ ।

पछिल्लो आठ कारोबार दिनमै नेप्से सूचक ७२ अंक बढीले ओरालो लागेको छ । आइतबार र सोमबार दुई दिनको अवधिमा मात्रै नेप्से ३५ अंक बढीले घटेको छ । साताको पहिलो दिन आइतबार १८.८६ अंकले घटेको नेप्से सोमबार १६.६८ अंकले ओरालो लागेको छ भने कारोबार सामान्य हुदँै आएको छ ।

सम्पत्ति शुद्धिकरण सम्वन्धी नयाँ कानुनमा शेयर कारोबारको सम्पत्तिको स्रोत खुलाउनुपर्ने लगायतका व्यवस्थाले लगानीकर्तामा थप त्रास फैलिएको विश्लेषकहरु बताउँछन् ।

सम्पत्ति शुद्धिकरण सम्वन्धी नयाँ निर्देशिकामा दश लाख बढिको कारोबार गर्दा नै स्रोत खुलाउनु पर्ने, २५ लाख बढिको कारोबारमा सरकारले निगरानी गर्ने लगायतका प्रावधान छ।

यसैगरी, बोनस र हकप्रद शेयरमा लाग्ने पूँजीगत लाभकर गणनाको विधि कार्यान्वयनमा देखिएको समस्याले पनि लगानीकर्ताको मनोबल थप कमजोर बनाएको छ । यस्तै, निरन्तर बजार घट्दा लगानीकर्तामा मार्जिकन कलको चिन्ता समेत बढेको छ । कतिपय लगानीकर्ताले मार्जिकन कलको त्रासबाट उम्कन घाटा सहेरै शेयर बिक्री गर्न बाध्य भएका छन् ।

बजार दोहोरो अंकले घट्ने क्रममा सोमबार नेप्से सूचक १६.६८ अंकले घटेर ११२३.८३ अंकमा झरेको छ । कारोबारमा आएका व्यपार समूह बाहेक अन्य बाँकी सबै समूका सूचक घटेका छन् । यसदिन १७९ कम्पनीको १२ लाख ४८ हजार कित्ता शेयर ३४ करोड ३९ लाख बराबरमा किनबेच भए । अघिल्लो दिनको तुलनामा भने कारोबार रकममा सामान्य सुधार आएको छ ।

सरकारले नयाँ नयाँ प्रावधान मार्फत लिएका कर नीति नै अहिलेको बजारको गिरावट भएको लगानीकर्ताहरुको बुझाई छ । करका भारहरु थपिदै गर्दा शेयर बजारका लगानीकर्ताहरुको आत्मबल कमजोर हुँदै गएको उनीहरु बताउछन् ।

सरकार र बजारका नियामक निकायले लगानीकर्तामा उत्साह जगाउने प्रकारका कुनै पनि का मगर्न नसकेकाले पनि लगानीकर्ताको मनोबल कमजोर देखिन्छ । बजारको घट्दो गतिले नयाँ लगानीकर्ता प्रवेश गर्न सकेका छैनन् भने बजार के हुने हो भन्ने अन्योलताले पुराना लगानीकर्ताहरुले लगानी बढाउन सकेका छैनन् । जसले गर्दा बजारमा माग भन्दा आपूर्ति बढेकाले बजारको पहिरो थामिन सकेको छैन ।

सोमबारको बजारमा कारोबार आएका मध्ये व्यापारिक समूह बाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा जीवन बिमा समूहको सूचक १३१.६२ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १३.०७ अंकले तल आएको छ।

सबैभन्दा धेरै कारोबार भएको छिमेक लघुवित्तको एक करोड ८० लाख बराबरको शेयर किनबेच भयो । साल्ट ट्रेडिङको शेयर मूल्य सबैभन्दा धेरै ३.९८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै नेसनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशतले घटेको छ ।