भेस्पा र अप्रिलिया स्कूटरमा ‘मनसुनमा ५ एक्स मज्जा’ अफर सार्वजनिक


काठमाडौँ । भेस्पा र अप्रिलिया स्कूटरको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले मनसुनलाई लक्षित गरी ‘मनसुनमा ५ एक्स मज्जा” अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले भेस्पा वा अप्रिलिया स्कूटर खरिद गर्दा नगद छुट, आकर्षक उपहार, तथा सहभागी मात्र भएर समेत क्यास ब्याक जित्ने अवसर प्राप्त सक्नेछन् ।

यस अफरमा ग्राहकहरूले आधिकारिक वेबसाइटमा रजिस्ट्रेशन गर्दा १० हजार रुपैयाँसम्मको क्यास ब्याक पाउन सक्छन् । साथै, स्कूटर खरिदमा ७५ हजार रुपैयाँसम्मको नगद छुट तथा आर्थिक वर्ष २०८१/२०८२ र २०८२/२०८३ को सवारी कर छुट, हालसम्मकै न्यूनतम ब्याजदर ४.९९ प्रतिशतमा फाइनान्स सुविधा तथा सहज एक्सचेन्ज सुविधा पनि उपलब्ध छ । यसका साथै उपहार स्वरूप प्रत्येक खरिदमा ब्राण्डेड हेल्मेट, रेनकोट र स्कूटर कभर पनि प्राप्त गर्नेछन् ।

भेस्पा र अप्रिलिया नेपालद्वारा प्रस्तुत यो अफर सम्पूर्ण नेपालभरका अधिकृत शोरूमहरूमा लागू हुनेछ । ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै गुणस्तरीय सवारी साधन र आकर्षक योजनाहरू निरन्तर ल्याइरहेको छ । यो अफर सीमित अवधिको लागि मात्र लागू हुने भएकाले भेस्पा र अप्रिलिया किन्ने सोचमा रहेका ग्राहकहरूले नजिकको शोरूममा गई जानकारी लिन वा वेबसाइटमा रजिस्टर गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार  १६ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।