बैंकहरुद्धारा निक्षेपको साढे तीन गुणासम्म कर्जा प्रवाह


चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४२२ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यो रकम सोही अवधिको निक्षेपको तुलनामा करिब साढे तीन गुणाले धेरै हो ।

चालु आवको पुसम्ममा १२२ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका बैंक तथा वित्तीय संस्थाले निक्षेप भन्दा ३.४४ गुणा धेरैले कर्जा प्रबाह गरेका हुन । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको पुसम्ममा ११ वाणिज्य बैंकको निक्षेप घटेको छ ।

चालु आवको पहिलो ६ महिनामा सबैभन्दा धेरै सनराइज बैंकले निक्षेप बढाएको छ । बैंकले यो अवधिमा २१ अर्ब ४४ करोड रुपौयँ निक्षेप बढाएको हो । गत आर्थिक वर्षको अन्त्यमा ११० अर्ब २४ करोड रुपैयाँ रहेको सनराइज बैंकले चालु आवको पुस मसान्तसम्ममा आइपुग्दा निक्षेपको आकार बढाएर १३१ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ ।

गत आसरको तुलनामा पुस मसान्तसम्ममा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै कर्जा लगानी गरेको छ । यो अवधिमा बैंकको २ अर्ब ५३ करोड रुपैयाँ निक्षेप घट्दा पनि २८ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको हो । चालु आवको ६ महिनामा सबैभन्दा थोरै कर्जा लगानी गर्नेमा सिभिल बैंक रहेको छ । बैंकले सो अवधिमा २ अर्ब ३८ करोड रुपैयाँ निक्षेप थप गरेर ४ अर्ब ५३ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेको छ ।

चालु आर्थिक सुरु भएपछि कोरोनाले ठ्प्प भएको अर्थतन्त्रले गति लिन सुर गर्यो । आर्थिक गतिविधिमा सुधार आयसंगै कर्जाको माग पनि उच्च भयो । सोही अनुसार बैंकहरुले कजाृ लगानी गर्दे जाँदा वित्तीय क्षेत्रमा तरलताको समस्या देखियो ।

चालु आर्थिक वर्षको दोस्रो महिना देखि सुरु भएको तरलता अभावको समस्या झनै जटिल बन्दै कर्जा लगानी योग्य रकमको अभाव समेत देखिन थाल्यो । तरलता तथा कर्जा लागनी योग्य रकमको अभाव भएपनि बैंकहरुले कर्जा विसतार नै रोकेको अवस्था थियो ।

सरकारले पुँजीगत खर्च नगर्ने तथा बैंकहरुको कर्जा आयातका लागिमात्र परिचालन भएपछि तरलता समस्या झने जटिल अवस्था पुगेको थियो । सो समस्यालाय सम्बोधन गर्न सरकारले स्थानिय तहमा भएको सरकारी पैसालाइ ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न सकिने व्यवस्था गर्यो ।

सरकारले स्थानिय निकायको खातामा रहेको सैसाको ८० प्रतिशतसम्म निक्षेप गणना गर्न पाउने तथा आयातमा कडाई गरेपछि पुस महिनाको पछिल्ला २ सातामा भने निक्षेप थपिन थाल्यो । पुस महिनामा मात्र बैंकहरुले ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस महिनामा बैंकहरुले ५८ अर्ब ५८ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।

चालु आर्थिक वर्ष सुरु भएदेखि नेपाल राष्ट्र बैंकले ८५ प्रतिशत कायम गर्नु पर्ने पुँजी, कर्जा तथा निक्षेप अनुपातको सट्टामा कर्जा निक्षेप अनुपात लागु गर्यो । केन्द्रीय बै.कले लागु गरेको कर्जा निक्षेप अनुपातको सीमा पनि ९० प्रतिशत तोकेको छ । चालु आर्थिक वर्षको सुवातीदेखि नै कसिलो अवस्था रहेको बैंकहरुको औसत कर्जा निक्षेप अनुपात पुस महिनामा मात्र ९० भन्दा तल झरेको छ ।

पुस महिनामा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकमा १३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । सो अवधिमा बैंकले ४ अर्ब ७२ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेको छ । पुस महिनामा सबैभन्दा धेरै कर्जा लगानी गर्नेमा प्राइम कमर्सियल बैंक रहेको छ । बैंकले ६ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

चालु आर्थिक वर्षको पुसम्ममा वाणिज्य बै.कहरुले कुल ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन यो अवधिसम्ममा बैंकहरुले ४१ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।