काठमाडौँ । ट्रेण्ड सेट गर्ने स्मार्टफोन ब्रान्ड इनफिनिक्सले आफ्नो प्रिमियम शोस्टपर हट ५० प्रो प्लस नेपालमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन नेपालमा २५ हजार ९९९ रुपैयाँमा औपचारिक रुपमा सार्वजनिक गरेको हो ।
६.८ मीमी स्लिमएज डिजायनमा आएको यो फोनमा ३डी अकर्ड १२० हर्ज एमोटेड डिस्प्ले, शक्तिशाली प्रोसेसर र पाँच वर्षसम्म स्मूथ पर्फमेन्स सुनिश्चित गर्ने टियूभी प्रणणित प्रवाह उपलब्ध छ। साथै, जेबिएल साउन्ड प्रणालीसहितको स्पिकरले यसलाई स्मार्टफोन मात्र नभइ स्टाइल स्टेटमेन्ट बनाएको छ।
कम्पनीका अनुसार, यो फोन नेपाली बजारमा स्मार्टफोन सेग्मेन्टमा मूल्यअनुसारको उत्कृष्ट डिभाइसको रुपमा स्थापित हुने अपेक्षा गरिएको छ। बिक्री इन्फिनिक्सको आधिकारिक स्टोर तथा अनलाइन प्लेटफर्ममार्फत सुरु भइसकेको छ।










प्रतिक्रिया