रोजगारीका लागि बुधबार राति ९९ जना नेपाली कामदार रोजगारीका लागि इजरायल उड्ने भएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार आज ६३ महिला र ३६ पुरुष गरि ९९ जना नेपाली कामदारलाई इजरायल पठाइने भइएको हो । विभागका अनुसार यो पहिलो चरणको उडान हो ।
विभागका निर्देशक डम्बरबहादुर सुनुवारका अनुसार पहिलो चरणमा १२५ जना पठाइने भनिएको थियो । तर २६ जनालाई कारोना संक्रमण पोजेटिभ देखिएका कारण ९९ जना पठाउन लागिएको उनले बताए ।
त्यसैगरी बाँकीलाई दोस्रो चरणमा उडान गर्ने पनि उनले बताए । उनका अनुसार बाँकी कामदार माघ १५ र १८ गते इजरायल उड्ने भएका छन् । तर उक्त समयमा पनि कति जना उड्छन् भन्ने यकिन गर्न नसकिएको उनले बताए ।
दोस्रो चरणमा पनि १०० जना भन्दा बढी कामदार पठाउन लक्ष्य राखिएको उनले बताए र तर पछिल्लो समय कोरोनाको पोजेटिभ संख्या बढ्दो क्रममा रहेकाले संक्रमणको दर कस्तो रहन्छ सोही अनुसार संख्या निर्धारण हुने सुनुवारले नोटबजारलाई बताए । कोरोना भाइरस संक्रमणका कारण इजरायल जाने नेपाली कामदारलाई इजरायलस्थित रोजगारदाताले १४ दिन क्वारेन्टिन राख्नेछ ।
सरकारले रोजगारीका लागि इजरायल जना चाहनेका लागि २०७८ साउन १२ गते एक सूचना जारी गर्दै आवेदन माग गरेको थियो । उक्त समय नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार सुरुमा १ हजार जनाका लागि रोजगारी खुलाएको हो । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषका माग गरेको थियो । सुरुमा काम गर्ने अवधि १ वर्षका लागि करार हुनेछ । त्यसपछि हरेक वर्ष नवीकरण गर्नुपर्छ । जसमा करार अवधि अधिकतम ६३ महिनासम्मको हुने सुनुवारले बताए ।
सरकारी संयन्त्रमार्फत इजरायलले पहिलो चरणमा एक हजार जना नेपाली लैजान लागेको हो । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रुपमा काम गर्न इच्छुक २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुषहरुबाट आवेदन माग गरेको थियो ।
कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो । इजरायल जाने कामदारले लागत शुल्क भने एक लाख ६५ हजार रुपैयाँ लाग्नेछ भने उनीहरुको न्यूनतम तलब झन्डै एक लाख ९० हजार रुपैयाँ (१६ सय डलर) छ । कामदारले ५ वर्षसम्म काम गर्न पाइनेछ ।हाल इजरायल जाने कामदारले रोजगारदाताको घरभित्रै रहने गरी नभई स्याहार केन्द्रमा काम गर्नुपर्नेछ । यसअघि रोजगारदाताकै घरमै बसी काम गर्ने गरी कामदारलाई लैजाने गरिएको थियो ।
निजी क्षेत्र (म्यानपावर कम्पनी) को संलग्नतामा कामदार भर्ना गर्दा कामदारमाथि ठूलो आर्थिक शोषण भएको भन्दै नेपाल र इजरायलबीच गत ३० सेप्टेम्बरमा सरकारी संयन्त्र मार्फत नै भर्ना गर्ने गरी श्रम सम्झौता भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया