च्याउ उत्पादक किसान संघद्वारा अवैध च्याउ आयातमा रोक लगाउन माग

0
Shares

च्याउ उत्पादक किसान संघ नेपालले भन्सारमा कडा निगरानी गरी अवैध च्याउ आयातमा रोक तथा नियन्त्रण गर्न संघले सरकारसँग जोडदार माग गरेको छ ।

पछिल्लो दिनमा भारत लगायत विभिन्न देशका बजारहरूबाट नेपाल भित्र्याउन लाग्ने लामो समयको अवधीसम्म नसढ्ने क्यामिकलहरू च्याऊमा प्रयोग गरी विषादीयुक्त बनाई अवैध रुपमा च्याउ नेपाली बजारमा पठाईरहेको संघले जनाएको छ ।

च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीद्वारा जारी विज्ञप्तीमा भनिएको छ कोरोना कहरका विचमा नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले आयात भैरहेको भारतीय अवैध च्याउ विषाक्त रहेकाे उल्लेख छ ।

च्याऊ एक ढुसी जन्य पोषण युक्त परिकार हो । लामो समय सम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले वस्तु नसक्ने क्यामिकलहरू राखेर जहाँतहीँ ढुवानी गर्ने गरिन्छ । यसो गर्दा दैनिक उपभोग्य सुपरफुड विषाक्त भै सेवन योग्य नहुने हुनाले विदेशी च्याऊ रोक्न विज्ञप्ति मार्फत सरोकारवाला सवैलाई ध्यानाकर्षण गराउँदै सरकारसंग जोडदार माग गरिएको हो ।

च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश समितिका अध्यक्ष विजय ज्ञवालीले भने, ‘विश्व वजारमा सवै दैनिक उपभोग्य वस्तुको मुल्य वृर्दी भैरहेको वेलामा च्याऊ आनुपातिक हिसाबले बढेको छैन । हामीले घाटा फाईदाको सरोकार नरीखी अनगिन्ती कामदार कर्मचारीहरूलाई रोजगार दिएर उधोग टेकाउन चलाइरहेका छौं ।’

प्रयाप्त पोषण र रोग प्रतिरोधात्मक क्षमता भएको च्याऊ देशभित्र मुल्य गिरावटको अवस्थामा चलिरहेको छ । देशभित्रकै फसल बजारमा छ्यापछ्याप्ती भएर उचित मूल्य नपाईरहेको बेलामा हाम्रै बजारमा परको उत्पादन आउँछ भने त्यो विषाक्त उत्पादन हामी कदापी स्वीकार्न नसक्ने संघले जनाएको छ ।

च्याऊ उत्पादक किसान संघ नेपालको माघ ११ गतेको निर्णय अनुसार अनाधिकृत रुपमा देश बाहिरवाट नेपाल भित्रिने च्याऊलाई निगरानी गर्न सरकारलाई हाम्रो केन्द्रीय संघको सर्कुलर नीति अनुसार ७ वटै प्रदेशका प्रदेश च्याऊ संघ तथा जिल्ला स्थित च्याऊ सघंहरूले सकरात्मक कुराको थालनी भन्दै ऐक्यबद्धता जनाईरहेका छन् ।

च्याऊ उत्पादक किसान संघ नेपालको केन्द्रीय टोलीले प्यालन्ट क्यावरेन्टाईन कार्यालय र भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । च्याउ उत्पादक किसान संघ नेपालले हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकेजी ३०० रहेको भन्दै त्यसको आधारमा भारतीय च्याउलाई भन्सार लगाइनु पर्नेमा न्युन मुल्य राखि भन्सार नेपालमा आयात भैरहेको भन्दै जसको कारण नेपाली च्याउ उत्पापदक किसान मारामा परेको बताईएको छ ।

ज्ञापन पत्रमा च्याउको गुणस्तर प्रमाणीकरण नगरिकन भारतबाट नेपालमा च्याउ भित्र्याइएको भन्दै च्याउ ढुसीजन्य वस्तु भएकाले भारतबाट नेपाल भित्रयाउन रोक लगाउनुपर्ने उल्लेख छ । नेपाली किसानको कच्चा पदार्थहरुको उपयोग भइरहेकोमा परालहरु डढाएर सकिने अवस्था रहेको भन्दै देशमा बेरोजगारीको समस्या थपिने तर्फ सरकारले विशेष ख्याल गर्नुपर्ने बताईएको छ ।

भारतीय च्याउको आयात रोक्न जरुरी रहेको भन्दै च्याउ संघले नेपाली च्याउ किसानका समस्या भेरै रहेको र समस्याको एकै पटकमा समाधान गर्न नभएकोले त्यसैले हाललाई एउटा मात्र महत्वपूर्ण माग भारतीय च्याउ कुनै पनि हालतमा रोक्नु पर्ने उल्लेख गरिएको छ ।

‘सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानमा हामी च्याउ किसान पनि साथमा छौं । सरकारद्वारा अभिभावकत्व प्रदान गरी भारतको च्याउ नेपाल भित्रिन नदिन आवश्यक ऐन कानुन नीति निर्देशन लागु गरियोस् ।’ विज्ञप्तीमा भनिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १२ माघ २०७८, बुधबार  १८ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।