सुनको मूल्य केही दिनदेखि निरन्तर उकालो लागिरहेको छ । सुनको मूल्य बुधबार पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा बुधबार सुन तोलामा ३०० रुपैयाँले बढेको जनाएको छ ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजावी सुन तोलाको ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सुनसंगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
मंगलबार पनि सुन तोलामा ५०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८२८ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.३० डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया