टेस्लाले पायो बर्लिन नजिकै कार फ्याक्ट्री सञ्चालन गर्ने स्वीकृति


लामो समय देखि विचाराधीन गीगा कार फ्याक्ट्री निर्माण तथा सञ्चालनमा टेस्लाले निर्माण स्वीकृति पाएको छ । टेस्लाले अन्ततः जर्मन सरकारले तोकेका सबै प्रक्रिया पूरा गरी ब्रेन्डेनबर्ग राज्यको वातावरण शाखाबाट फ्याक्ट्री निर्माण स्वीकृति पाएको हो ।

टेस्लालले जर्मनको राजधानी बर्लिन नजिकैको ब्रेन्डेनबर्ग सहरमा गीगा फ्याक्ट्री र ग्रुनहिडमा ब्याट्री निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । जर्मनको प्रक्रिया अनुसार टेस्लाले फ्याक्ट्री सञ्चालनको लागि लाइसेन्स लिनु पथ्र्यो ।

स्वीकृति पाएपनि टेस्लाले तत्कालै कार उत्पादन सुरु गर्न पाउने छैन । जर्मन वातावरण मन्त्रालयले तय गरेका अन्य प्रक्रियाहरु पूरा गरेपछि मात्रै कार उत्पादन सुचारु गर्न पाउने जर्मन वातावरण मन्त्रालयको भनाई रहेको छ ।

फ्याक्ट्री निर्माणले वातावरणमा पु¥याउने असर सम्बन्धी अनेकन सल्लाह गर्दा फ्याक्ट्री निर्माण प्रक्रियामा ढिलासुस्ताइ आएको टेस्लाका कार्यकारी प्रमुख एलन मक्सले जानकारी दिए । जर्मनको कर्मचारीतन्त्र र कार्यविधिले प्रक्रियामा ढिलासुस्ती हुँदा आफुहरुले सोचेअनुसार काम अघि बढाउन नसेको टेस्लाका मालिक एलन मक्सले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७८, बिहिबार  १४ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।