मेगा म्युचुअल फण्डले दोस्रो म्युचुअल फण्ड सञ्चालनमा ल्याउने

0
Shares

मेगा म्युचुअल फण्डले दोस्रो सामुहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालनमा ल्याउने भएको छ ।

यसअघि मेगा म्युचुअल फण्ड १ सञ्चालन गरिरहेको मेगा क्यापिटल अन्तर्गतको मेगा म्युचुअल फण्डले मेगा म्युचुअल फण्ड-२ नामक म्युुचअल फण्ड सञ्चालनका लागि पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । उक्त इकाई निष्कासन गर्नका लागि फण्डले फागुन ११ गते आइतबार बोर्डमा निवेदन दिएको हो ।

एक अर्ब रुपैयाँ सञ्चालनमा आउन लागेको फण्डको १० करोड इकाई निष्कासनका लागि अनुमति मागिएको हो ।

फण्डले ल्याउन लागेको म्युचुअल फण्डको कोष व्यवस्थापकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रकोष प्रवद्र्धकमा मेगा बैंक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २५ फाल्गुन २०७८, बुधबार  १२ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।