अमेरिकाले रुसी तेल आयातमा प्रतिबन्ध लगाउँदा एसियाली शेयर बजार तरङ्गित

0
Shares

अमेरिकाले रुसबाट कच्चा तेल आयातमा प्रतिबन्ध लगाउँदा त्यसको असर विश्व तेल बजार देखि एसियाली शेयर बजारमा पनि देखि परेको छ ।

रुस र युक्रेनबीचको युद्द चर्किदै जाँदा पश्चिमी देशहरुले रुस माथि कडाप्रतिबन्धहरु लगाइरहेका छन् । अमेरिकाले रुसी तेल आयातमा गरेको प्रतिबन्ध पनि सोह प्रक्रियाको एक रुप हो । जसकारणकच्चा तेलको मूल्य सन् २००८ जुलाई महिनायता कै उच्चभएको छ ।

बुधबार बे्रन्ट क्रुडले १३१.३९ डलर प्रतिब्यारलमा कारोबार गरेको छ भने वेस्ट टेक्सास इन्टरमिडियटले १२६.४१ डलर प्रतिब्यारलमा कारोबार गरेको छ । पश्चिमी देशहरुले तेल निर्यातमा पूर्णतया प्रतिबन्ध लगाउने हो भने रुसले प्राकृतिक ग्यास तथा कच्चा तेलको मुख्य पाइप लाइन नर्ड स्ट्रीमपाइपलाइन नै ब्लक गरिदिने धम्की दिएको छ ।

पश्चिमा देशहरुले कच्चा तेल आयातमा प्रतिबन्धलगाउँदा तेलको मूल्य ३०० डलर प्रतिब्यारल पुग्ने आँकलनमूल्य रुसी उप–प्रधानमन्त्रीले गरेका छन् । रुस र युक्रेनबीच युद्ध चर्किँदै गर्दा र पश्चिमा देशहरुले अनेकन प्रतिबन्धलगाउँदै गर्दा त्यसको असर एसियाली शेयरबजारमा समेत परेको छ ।

एसिया–प्यासिफीक क्षेत्रको वृहत शेयर सूचांक एमएससीआइ ०.२६ प्रतिशतले ओरालो लागेको छ । त्यसैगरी हङकङको शेयर सूचांक हेङसेङ २ प्रतिशत भन्दा धेरैले घटेको छ ।

एसियाली शेयर बजारमा आएको उतार चढावका केही छालहरुले अमेरिकी शेयर बजार तथा युरोपियन शेयर बजारलाई पनि छोएको छ । डाव वोन्स इन्डिस्ट्रियल एभरेज ०.५८ प्रतिशतले घटेको छ भने एस एण्डपी ५०० सूचांक पनि ०.७२ प्रतिशतले ओरालो लागेको छ । यसका अतिरिक्त नासड्याक कम्पोजिट पनि ०.२८ प्रतिशत ओरालो लागेको छ । शेयर बजार ओरालो लाग्दा सुरक्षित लगानी मानिएको सुन, टे«जरी बिल, सेक्युरिटिजको मूल्य भने बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।