रुस–युक्रेन युद्ध, उच्च मुद्रास्फीति र विश्वव्यापी महामारीले अमेरिकी केन्द्रीय बैंक दुविधामा

0
Shares

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी, ५२ वर्ष यता कै उच्च महङ्गी र पछिल्लो समयमा रुस–युक्रेनबीचको युद्धले अमेरिकी केन्द्रीय बैंकलाई दुविधामा पारेको छ ।

सन् २०२२ को मार्च महिनाबाट औसत ब्याजदर वृद्धि गर्ने भनेको अमेरिकी केन्द्रीय बैंक फेडरल रिर्जभले मार्च महिनाको दोस्रो हप्तासम्म पनि औसत ब्याजदर बढाएको छैन ।

कोरोनाको कहर पूर्णरुपमा समाप्त नहुँदै युरोपेली बजारमा अहिले युद्ध सुरु भएको छ । युद्धले फेडको औसत ब्याजदर वृद्धि गर्ने नीतिमा गेम चेन्जरको भूमिका खेलको फेड अध्यक्ष जेरोमी पावेलले जानकारी दिएका छन् ।

युद्धले युरोपेली तथा विश्वव्यापी अर्थतन्त्रमा पार्ने असरहरुलाई ध्यानमा राख्दै औसत ब्याजदर वृद्धि गर्नको लागि यसै साता फेडरल रिजर्भका पदाधिकारीहरुको बैठक बस्ने छ ।

विभिन्न समयमा फेडरल रिजर्भका अध्यक्ष जेरोमी पावेलले औसत ब्याजदर वृद्धिका लागि अर्थतन्त्र बलियो भएको बताउँदै आएका थिए । उनले आफ्ना पछिल्ला अभिव्यक्तिहरुमा समेत ०.२५ प्रतिशतले औसत ब्यादर बढाउनु पर्नेमा जोड दिइरहेका छन् । गत बुधबार बसेको बैठकमा पनि ०.२५ प्रतिशतले औसत ब्याजदर वृद्धि गर्नुपर्नेमा ध्यान दिइएको छ ।

रुस–युक्रेन युद्धका कारण कच्चा तेल तथा खाद्यानको मूल्य वृद्धि हुँदा सन् २०२२को जनवरीमा ७ प्रतिशत रहेको मूल्यवृद्धि दर अझै बढेको छ । विश्लेषक रोर्बट पर्लि र सान्डलरका अनुसार सन् २०२४ सम्ममा मुद्राीफीति दर २.१० प्रतिशत भन्दा धेरै रहेमा देशमा आर्थिक मन्दी आउने बताएका छन् । त्यस समयमा फेड अन्तर्गतको फेडरल ओपन मार्केट कमिटि (एफओएमसी) ले फेडले ब्याजदर नबढाए पनि एफओएमसीले बढाउने विश्लेषकहरुको भनाइ रहेको छ ।

आगामी वर्षमा विश्लेषकको प्रक्षेपण अनुसार फेडरल फन्ड २.५ प्रतिशत भन्दा बढी भयो भने एफओएमसीले आर्थिक मन्दीको वास्ता नगरी औसत ब्याजदर बढाइ ह्वाकिस नीति अवलम्बन गर्ने विश्लेषकको भनाइ रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।