नेपाल लाइफको ‘अनमोल जीवन बीमा योजना’ सार्वजनिक

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आकर्षक सुविधा सहित ‘नेपाल लाइफ अनमोल जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।

मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनीले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना नामक सावधिक र आजिवनको विशेषता भएको बीमा बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

योजना अन्तर्गत बीमा गर्नेले बीमितले बीमा अवधि भुक्तानी पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेका समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्ने बताइएको छ ।

सावधिक तथा आजीवनको विशेषता रहेको यो योजना १८ वर्षदेखि ६५ वर्ष उमेर समुहकाले खरिद गर्न सक्नेछन् । यस योजनामा अन्तर्गत ऐच्छिक सुविधा अन्तर्गत एडिवी, पिटिडी र पिडब्लुबि रहेको छ । यो योजना न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्ष अवधिसम्मको लागि खरिद गर्न सकिनेछ । बीमा समाप्तीमा अधिकतम उमेर ७० वर्ष रहेको छ ।

बीमा शुल्क वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा भुक्तानी गर्न सकिनेछ । न्युनतम बीमाङ्क २५ हजार रुपैयाँ रहेको छ भने अधिकतम आफ्नो आयश्रोतको आधारमा तय गर्न पाइनेछ । यो योजना खरिद कर्ताले वार्षिक रुपमा बीमा शुल्क भुक्तानी गरेमा एक प्रतिशत छुट पाउने छन् । अर्धवार्षिक रुपमा छुटको सुविधा छैन । यदि त्रैमासिक रुपमा बीमा शुल्क भुक्तानी गरेमा थप ३ प्रतिशत तिर्नु पर्नेछ । साथै मासिक रुपमा तिरेमा थप ६ प्रतिशत अतिरिक्त लाग्नेछ । बीमितले ऋण तथा समर्पण सुविधा पाउने छन् ।

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पूरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ । समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।