डिजिटल वालेट ‘खल्ती’बाट एक महिनासम्म निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने

0
Shares

डिजिटल वालेट खल्तीले आफ्ना ग्राहकहरुलाई एक महिनासम्म ग्राहकलाई निःशुल्क बैंक ट्रान्सफर सुविधा उपलब्ध गराउने भएको छ ।

प्रयोगकर्ताहरूले चैत्र ७ गते देखि २०७९ बैशाख ६ गतेसम्म निःशुल्क रुपमा अब कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५० हजार रुपैयाँ र प्रति दिन १ लाख रुपैयाँसम्म रहेको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्ती सधैं प्रयोगकर्ताहरुको लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरूको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको छ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।