जापानले मूल्यवृद्धि नियन्त्रणका लागि राहत प्याकेज ल्याउने

0
Shares

जापानमा कच्चा पदार्थ र इन्धनको मूल्य आकाशिएको छ । इन्धनको मूल्य वृद्धिले प्रभावित भएका कम्पनी तथा जनताको लागि राहत प्याकेज ल्याउन प्रधानमन्त्री फुमियो किसिदाले संसदमा आदेश दिएका छन् ।

राहत प्याकेजले तेल वितरक संस्थाहरुको लागि इन्धन खरिदमा सहयोग प्रदान हुनेछ भने कच्चा पदार्थको मूल्य लागत बढेर प्रभावित भएका कम्पनीहरु र घरपरिवारको लागि पनि सहयोग गर्ने छ ।

रुस–युक्रेन युद्धले विश्वव्यापी रुपमा सिर्जना गरेको महंगीको कारण अर्थविदहरु कुन नीति अवलम्बन गर्ने भन्ने बारेमा पनि स्पष्ट हुन सकेका छैनन् । यसै सन्दर्भमा फुमियो किसिदाले बढ्दो इन्धनको मूल्य, कच्चा पदार्थ तथा खाद्यान्नमा भएको मूल्य वृद्धिले जनमानसको जीवनमा ल्याएको प्रभाव यथाशीग्र न्युनिकरण गर्नुपर्ने बताएका छन् ।

यसै सन्दर्भमा किसिदाले सरकारले कोभिड नियन्त्रण तथा आपतकालीन समयको लागि राखेको ५.५को विशेष रिजर्भ प्रयोग गर्न निर्देशन दिएका छन् । किसिदाले गठबन्ध गरेको पार्टीका सदस्य कोमिटोले रिजर्भ प्रयोग गर्नु भन्दा पनि बजेट विनियोजन गरी नयाँ कोष विस्तार गर्नुपर्ने बताएका छन् ।

यही ग्रीष्म ऋतुमा हुन लागेको माथिल्लो सदनको चुनावले पनि प्रधानमन्त्री किसिदालाई इन्धन, कच्चा पदार्थ तथा खाद्यान्नमा भएको मूल्य वृद्धि नियन्त्रण गर्न थप दबाब दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।