इजरायलमा सन् २०२१ मा विद्युतीय कारको बिक्रीमा पाँच गुणा वृद्धि

0
Shares

इजरायलमा सन् २०२१ मा विद्युतीय कारको सङ्ख्यामा करिब ४०० प्रतिशतले वृद्धि भएको आइतबार राज्यको केन्द्रीय तथ्याङ्क ब्यूरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा जनाइएको छ ।

उक्त रिपोर्टअनुसार इजरायलमा सन् २०२१ को अन्त्यमा विद्युतीय कारको सङ्ख्या १३ हजार ९३९ थियो जबकि सन् २०२० को अन्त्यमा यो सङ्ख्या दुई हजार ७८३ थियो ।

गत वर्षको अन्त्यमा ट्रक, बस र मोटरसाइकलसहित इजरायलमा कुल विद्युतीय सवारी साधनको सङ्ख्या १६ हजार २५१ थियो । यो वार्षिक वृद्धि दर सन् २०२० को अन्त्यमा अघिल्लो बर्षको तुलनामा चार हजार ४९१ अर्थात् ३६२ देखिएको थियो ।

इजरायलमा ‘हाइब्रिड’ गाडीको सङ्ख्या ३४ प्रतिशतले वृद्धि भएको पनि प्रतिवेदनमा जनाइएको छ । सन् २०२० को अन्त्यमा हाइब्रिड गाडीको सङ्ख्या २२ हजार ६६६ बाट २९ हजार ६४४ पुगेको थियो ।

सन् २०२० मा छ प्रतिशत गाडीले आफूलाई परिमार्जन गरी विद्युतीय स्वरूपमा परिवर्तन गरेका थिए जुन् सङ्ख्या सन् २०२१ मा राज्यको सबै खालका सवारी साधनमा ७.८ प्रतिशतले वृद्धि भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।