बुद्ध एयरको पोखरा-जनकपुर सिधा उडान सुरु

0
Shares

बुद्ध एयरले सोमबारदेखि पर्यटकीय नगरी पोखराबाट जनकपुरको सिधा उडान सुरु गरेको छ । हप्ताको तीन दिन उडान गर्ने गरी बुद्ध एयरले उडान थालेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली सोमबार पहिलो उडान मार्फत जनकपुर गएको थियो । पचास मिनेटको हवाई यात्रा हुने पोखरा–जनकपुरको उडानमा प्रतियात्रु सबैभन्दा बढी ९ हजार ३६० र सबैभन्दा कम ४ हजार १०० भाडा निर्धारण गरिएको छ ।

हाल १८ सिट क्षमताका जहाजबाट उडान थालिएको बुद्धका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए । प्रत्येक हप्ताको शनिबार, सोमबार र बुधबार उडान गर्नेछ । हाल तीन उडान थालेकोमा यात्रु सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने योजना बुद्ध एयरको छ ।

बुद्ध एयरले केही दिन अघिमात्र पोखराबाट सुदूरपश्चिमको धनगढीसम्म पनि उडान सुरु गरेको थियो । त्यस्तै काठमाडौँसँगै भरतपुर, भैरहवा, नेपालगञ्ज, सिमरासम्म उडान गरिरहेको बुद्ध एयरले आगामी केही समयभित्रै पोखराबाट विराटनगर र भद्रपुरसम्म पनि उडान गर्ने तयारी गरेको छ ।

उडानसँगै दुई सहरबीचको प्राकृतिक र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पुुग्ने विश्वास लिइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७८, मंगलबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।