चीनमा पनि भक्सवागन गाडी उत्पादन सुरु


भक्सवागन ग्रुपको चीनको उत्तरपूर्वीय सहर चाङचुनमा अवस्थित प्लान्टमा उत्पादन सुरु भएको छ । चिनियाँ कार मेकर कम्पनी फा ग्रुपको संयुक्त लगानीमा रहेको प्लान्टमा कोभिड–१९ संक्रमण नियन्त्रणमा आउँदै गएपछि उत्पादन सुरु भएको हो ।

पछिल्लो समयमा चीनको साङ्घाइ लगायतका सहरहरुमा कोभिड–१९ संक्रमण फैलिएको छ । कोभिडलाई लिएर चीनले शून्य सहनशील नीति अवलम्बन गरेका कारण हजारौंको सङ्ख्यामा कम्पनीहरु बन्द भएका थिए । कोभिड संक्रमण कम हुादै गएपछि केही सहरहरुमा लगाइएका नियमहरु खुकुला हुँदै गएका छन् ।

चीनको मुख्य औद्योगिक क्षेत्र रहेको साङघाइमा भने अझै पनि कोभिडलाई लिएर लगाएका प्रतिबन्धहरु यथावत नै रहेका छन् । तरपनि साङ्घाईको स्थानीय सरकारले उद्योग सञ्चालनको लागि आवश्यक प्रक्रिया पूरा गर्न तर्फ अगाडि बढेको छ । यसै क्रममा एसएआईसी मोटर कर्पोरेशनको संयुक्त लगानीमा रहेको भक्सवागनको साङ्घाई अवस्थित प्लान्टमा उत्पादन सुचारु बारे सम्भाब्यता अध्ययन भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।