उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) को बोनस सेयर बैशाख ९ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको ३० प्रतिशत बोनस बापतको ५ लाख २८ हजार ५०९ दशमलव ११९१ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।
सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुरुप पुस २८ गते बुधबार सातौं वार्षिक साधारणबाट आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन भएको थियो ।
लघुवित्तले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १४ गते बुधबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार पुस १३ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई दर्ता किताबमा कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र उक्त बोनस पाउनेछन् ।
साधारण सभाले सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको थियो । लघुवित्तले प्रतिसेयर १५९ रुपैयाँका दरले २ करोड ८३ लाख ७३ हजार ७३७ दशमलव ६७ रुपैयाँ मूल्य बराबरको १ लाख ७८ हजार ४५१ कित्ता सेयर बिक्री गर्न लघुवित्तले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग चैत २५ गते आवेदन दिइसकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया